मिति : २०८२ वैशाख २२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 445 - 450 of 22575
फिल्मीखबर, काठमाडौं, २०८१ माघ ४, शुक्रवार

हिमाल न्यौपानेको निर्देशनमा फिल्म ‘जनै हराएको बाहुन’ बन्ने भएको छ । शुक्रबार निर्माण कम्पनी पेपरक्लिपले हिमाललाई निर्देशकमा अनुबन्धित गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो । फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्ने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ४, शुक्रवार

राजन भुषालको निर्देशनमा तयार भएको फिल्म ‘एक्टरः टेक वान’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक २ मिनेट ४६ सेकेन्ड लम्बाईको ट्रेलर अभिनेता प्रदीप खड्काको वरिपरि घुमेको छ । आफ्नो परिचय बनाउन उनको पात्रले गर्ने संघर्ष र षड्यन्त्रमा फिल्मको कथा केन्द्रित रहेको देखिन्छ । फिल्ममा उनी पाइलटदेखि थिएटरको कलाकारसम्म बनेको ट्रेलरले खुलाउँछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ४, शुक्रवार

हास्य टेलिसिरियल ‘सक्किगोनि’मा जोडिएपछि सागर लम्साल (बले) फिल्ममा निस्क्रियजस्तै देखिए । सन् २०१८ मा रिलिज भएको ‘हैरान’पछि उनले ६ वर्ष फिल्म नै गरेनन् । बरु म्यूजिक भिडियोमा धेरै देखिए । अब भने उनी फिल्म अभिनयलाई निरन्तरता दिने योजनामा देखिएका छन् । यसैले त आफ्नो कमब्याक फिल्म ‘लाज शरणम्’ हलमा नलाग्दै उनी अर्को फिल्ममा जोडिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ४, शुक्रवार

चर्चित पार्श्व गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार प्रेमी ध्रुव गुरूङसँग विवाह गरेकी हुन् । विवाहको तस्वीरमा दुवैलाई आ-आफ्नै जातीय भेषभूषामा देख्न सकिन्छ । यतिबेला काठमाडौंको गोकणेश्वरस्थित हिमाली घर रिसोर्टमा विवाह समारोह चलिरहेको छ । विवाहमा दुई पक्षका परिवारसहित मेलिना निकट केही संगीतकर्मीको उपस्थिति रहेको जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ४, शुक्रवार
फिल्मीखबर, काठमाडौं, २०८१ माघ ४, शुक्रवार

गायक तथा संगीतकार प्रकाश सपूतलाई संगीत क्षेत्रमा ‘हिट मेशिन’ भन्ने गरिएको छ । उनका एकपछि अर्को गीत लोकप्रिय हुनुले पनि यसलाई प्रमाणित गर्छ । ‘गलबन्दी, ‘सकम्बरी, ‘कुरा बुझ्न पर्च’ जस्ता उनका थुप्रै गीत जनजिब्रोमा झुन्डिएका छन् । यतिबेला उनको नयाँ गीत चर्चामा छ । त्यो हो, ‘साँझ पर्‍यो झमक्क’ । यो गीत उनकै डेब्यु निर्देशनमा बनेको फिल्म ‘वसन्त’मा समावेश छ ।

Results : 445 - 450 of 22575