Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गौँथली’को गीतमा बेहुला–बेहुली बने अरुण र सिम्रन

फिल्मीखबर, काठमाडौं, 2026/06/11

ARUN CHHETRI And SIMRAN KHADKA

 

आगामी साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’को पहिलो गीत ‘आँखाभरि आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माताले थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा रहेको उक्त गीत दर्शकमाझ ल्याएका हुन् । गीतमा डा. भोला रिजालको शब्द तथा गायक गौतम स्वयंको संगीत रहेको छ । 

तीन दशकअघि गाउँघरमा हुने विवाहको परिवेशमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी अरुण क्षेत्री र सिम्रन पन्तलाई केन्द्रमा राखिएको छ । उनीहरूको विवाह भइरहेको भिडियोमा देख्न सकिन्छ । माइतीघर छाडेर जान लागेकी छोरीले परिवारप्रति गरेको गुनासो र आमाबुबाले नरोई जान गरेको आग्रहलाई गीतले मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको छ । 

डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको यस फिल्ममा अरुण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, अरुण क्षेत्री, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, अंशु ओली, प्रिन्स नेपाली, राजेन्द्र नेपालीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता सुमन गिरी (भान्जा) र डा. कपिल रिजाल हुन् । सरला रिजाल कार्यकारी निर्मातामा छिन् । फिल्ममा हरि हुमागाईंको छायांकन तथा कपिल रिजाल, निश्चल कुँवर, शिव शर्मा, अभिमन्यू निरवी, निरज नेपाल र गिरिराज घिमिरेको लेखन रहेको छ । फिल्मको कथा भने डा. भोला रिजालको हो ।