मिति : २०८२ वैशाख २२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 439 - 444 of 22575
फिल्मीखबर, काठमाडौं, २०८१ माघ ६, आईतवार
काठमाडौं, काठमाडौं, २०८१ माघ ६, आईतवार

२०८४ सालमा प्रदर्शित सफल फिल्म ‘मंगलम’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । आइतबार निर्देशक नवल नेपालले निर्माता छविराज ओझासँग लिखित सम्झौता भएको दुईवटा तस्वीर आफ्नो फेसबुकमा सेअर गर्दै ‘मंगलम २’ बन्न लागेको जानकारी गराए । ‘मंगलम’लाई पनि नवलले नै निर्देशन गरेका थिए । फिल्मको निर्माण छविराजले गुण सिनेमाका दिजेन्द्र शाक्यसँग मिलेर गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ६, आईतवार

यतिखेर देशभर मेला-महोत्सवको सिजन चलेको छ । ७७ जिल्लामध्ये आधाभन्दा बढीमा महोत्सव भइरहेका छन् । यसले गायिका-गायिकादेखि फिल्मका कलाकारलाई भ्याइनभ्याइ बनाएको छ । दर्शकको ठूलो उपस्थिति हुने भएकाले महोत्सवहरु फिल्म प्रचार गर्ने थलो पनि बनिरहेका छन् । यतिबेला पल शाहदेखि प्रदीप खड्कासम्मले महोत्सवबाटै आफ्नो फिल्मको प्रचार गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ६, आईतवार

प्रेम दिवसको दिन पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दुःखी आत्मा’को प्रचारलाई आक्रामक तुल्याउन ‘जोक जात्रा’ कार्यक्रम गरिने भएको छ । केही चर्चित कमेडियनसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम देशका १० वटा सहरमा गरिने निर्माता हिमाल कडरियाले जानकारी दिए । उक्त कार्यक्रममा फिल्मका कलाकारहरु पनि सहभागी हुनेछन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ ६, आईतवार

कुनै बेला करिअरको उत्कर्षमा थिए, आर्यन सिग्देल । लभस्टोरी फिल्ममा निर्विकल्पझैँ बनेका उनलाई ‘नम्बर वान अभिनेता’ समेत भनियो । तर, पछि फिल्म छनोटमा चुक्दा उनको करिअर डामाडोल बन्यो । ८ वर्ष उनका एउटा पनि फिल्म चलेनन् । जसले गर्दा उनी ठूलो संकटमा थिए । गत जेठमा प्रदर्शनमा आएको फिल्म ‘पूजार सार्की’ले संकटमोचन गरेपछि भने उनको दिन फिरेको छ ।

Results : 439 - 444 of 22575