Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माग्ने बुढा’ अमेरिका बस्नुको कारणबारे सीताले के भनिन् ?

फिल्मीखबर, काठमाडौं, 2026/06/12

Kedar Prasad Ghimire

 

हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) करिब ६ महिनादेखि अमेरिकामा छन् । उनी ग्रीन कार्ड लिने प्रक्रियामा रहेकाले अमेरिका बसिरहेको बताइन्छ । यद्यपि, यसबारे उनले अहिलेसम्म कुनै जानकारी दिएका छैनन् । उनी तत्काल नेपाल नआउने भएपछि दीपक–दीपा समूहको नयाँ फिल्म ‘छ माया छपक्कै २’मा समेत उनको ठाउँमा अर्को कलाकार लिइएको छ ।

केदारले अमेरिकको ग्रीन कार्ड लिन लागेको खबर बाहिरिरहँदा उनकी श्रीमती तथा कलाकार सीतादेवी तिमल्सिनाले भने त्यसको खण्डन गरेकी छन् । बिहीबार फिल्म ‘गौँथली’को गीत रिलिज कार्यक्रममा उनले श्रीमान् लामो समयदेखि अमेरिका बस्नुको कारण छोरीलाई देखाइन् । उनका अनुसार छोरी बिरामी भएकाले केदार अमेरिका बसिरहेका हुन् ।

श्रीमानलाई कति मिस गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘मिस त अवश्य हुन्छ नै । तर, मिस भयो भनेर आफ्नो कर्तव्यबाट विमुख हुनु पनि भएन । मैले आज भनेँ, हाम्री छोरी अमेरिका छिन् । छोरीलाई स्वास्थ्यले अलि साथ नदिएका कारण उहाँ छोरीलाई सहयोग गरेर बस्नुभएको छ । यता मैले छोरालाई हेरिरहेको छु, उता उहाँले छोरीलाई हेरिरहनुभएको छ ।’

केदार आफ्नो पछिल्लो फिल्म ‘जेरी अन टप’ रिलिज लगत्तै अमेरिका गएका थिए । ग्रीन कार्डका लागि लामो समय अमेरिका बस्नुपर्ने भएकाले उनले अफर आएका थुप्रै फिल्म अस्वीकार गरेका थिए । दीपक–दीपाले ‘छ माया छपक्कै २’का लागि उनलाई केही महिना पर्खिएका पनि थिए । तर, उनी फर्किन ढिला हुने भएपछि फिल्मको स्क्रिप्ट नै फेरबदल गरिएको स्रोतको दाबी छ ।