Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राष्ट्रिय चलचित्र पुरस्कार’ : ‘ऊनको स्वीटर’ बन्यो उत्कृष्ट फिल्म

फिल्मीखबर, काठमाडौं, 2026/06/19

national award

 

नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डले हरेक वर्ष प्रदान गर्ने ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा यसपटक ‘ऊनको स्वीटर’ले आफ्नो वर्चश्व कायम गरेको छ । शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहमा यो फिल्मले तीन विधामा अवार्ड जित्यो । उत्कृष्ट फिल्मसहित निर्देशन र अभिनेत्रीको विधामा फिल्मले अवार्ड प्राप्त गरेको हो । 

यस फिल्मबाट उत्कृष्ट निर्देशक नवीन चौहान घोषित भए भने अभिनेत्रीको अवार्ड मिरुना मगरले प्राप्त गरिन् । उत्कृष्ट अभिनेताको अवार्ड फिल्म ‘परान’बाट नीर शाहले प्राप्त गरे । उनले ६० वर्ष लामो आफ्नो अभिनय करिअरमा पहिलो पटक राष्ट्रिय अवार्ड पाएका हुन् । यो फिल्मलाई उनले आफ्नो करिअरको ‘क्लाइमेक्स’ भनेका थिए । 

‘परान’ले लेखन विधामा पनि अवार्ड जितेको छ । यो विधामा दीपक प्रसाद आचार्य र यम थापाले अवार्ड पाए । छायांकनतर्फको अवार्ड ‘कोशेढुङ्गा’बाट पदम बहादुर श्रेष्ठले पाउँदा सोही फिल्मबाट नहकुल खड्का उत्कृष्ट सम्पादक घोषित भए । निर्णायक समिति प्रोत्साहन पुरस्कार भने ‘रमिताको पिरती’बाट आना शर्मा र ‘झरीपछिको इन्द्रेणी’बाट विमोचन दवाडीलाई प्रदान गरियो । 

 

madankrishna shrestha


कार्यक्रममा ३ लाख ७५ हजार राशीसहितको दीर्घ साधना सम्मान कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको थियो । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गर्दा कार्यक्रममा उपस्थित सम्पूर्ण फिल्मकर्मीहरूले उठेर सम्मान व्यक्त गरेका थिए भने करिब १ मिनेट निरन्तर ताली बजेको थियो । सम्मान ग्रहण गर्दा मदनकृष्ण र उनका छोरा-बुहारी भावुक भएका थिए ।

सो अवसरमा बोर्डले ११ जनालाई विशेष सम्मान पनि प्रदान गर्‍यो । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष स्व. दिनेश सिटौलालाई ५१ हजार रुपैयाँ राशीसहित मरणोपरान्त सम्मान गरियो भने विष्णु गोपाल श्रेष्ठ, मेनुका प्रधान, डा. सिंह गुरुङ, प्रकाश सुवेदी, अभिनाश विक्रम शाह, रोहित रुम्बा, एन्जिला तुम्बापो सुब्बा, लक्ष्मी बर्देवा, विनोद शेरचन र शङ्कर पाण्डे पनि सम्मानित भए ।