Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘टक्सिक’ भदौ १० मा आउने, नेपाली फिल्म भाग्छन् कि भिड्छन् ?

फिल्मीखबर, काठमाडौं, 2026/06/21

toxic movie

 

यस वर्षको भदौ महिनामा नेपाली फिल्म रिलिजको चाप उच्च छ । तीज, जनै पूर्णिमा र कृष्ण जन्माष्टमीजस्ता पर्वको विदा परेको यो महिनामा एक दर्जन हाराहारी फिल्म प्रदर्शनको तयारीमा छन् । रेखा थापा निर्देशित ‘माया भनेकै यस्तै होला’देखि प्रियंका कार्कीको लगानीमा बनेको ‘मास्टर्नी’सम्म भदौमा प्रदर्शन हुँदैछन् । 

तर, अब भदौको रिलिज क्यालेन्डर प्रभावित हुने देखिएको छ । किनकि, भदौमा कन्नड भाषाको बहुप्रतिक्षीत फिल्म ‘टक्सिक’ प्रदर्शन हुने भएको छ । आइतबार निर्माताले भदौ १० गते (२६ अगस्ट)लाई प्रदर्शन मिति घोषणा गरेका हुन् । ‘केजीएफ’का ‘रोकी भाइ’ यशको मुख्य भूमिका रहेको यो फिल्म नेपालमा समेत प्रतिक्षीत छ । 

‘टक्सिक’ भदौ १० मा आउँदा सबैभन्दा ठूलो मार भदौ १२ गते (जनै पूर्णिमा)का नेपाली फिल्मलाई पर्ने देखिन्छ । यो मितिमा ‘बेहुली’, ‘मास्टर्नी’, ‘पार्वती’, ‘जदौ’, र ‘ग्रेट’ गरी ५ वटा फिल्म एकसाथ प्रदर्शन हुने तयारीमा छन् । अब यसको दुई दिनअघि नै ‘टक्सिक’ आउने भएपछि यी फिल्महरूको रिलिज प्रभावित हुने सम्भावना प्रवल देखिएको छ ।

यो फिल्मले भदौ १२ गतेपछिका नेपाली फिल्महरूलाई पनि डर पैदा गराएको छ । फिल्मको ‘हाइप’ उच्च रहेकाले व्यापार आक्रामक भएको खण्डमा भदौ १९ र २६ गते प्रदर्शनको तयारीमा रहेका नेपाली फिल्मलाई समेत ठूलो असर गर्नेछ । यो अवस्थामा यसपालिको भदौ महिना नेपाली फिल्मका लागि चुनौतीपूर्ण बन्ने देखिएको छ । 

ग्याङ्स्टर कथामा बनेको ‘टक्सिक’का निर्माता यश आफैँ हुन् । फिल्मको लेखन तथा निर्देशन भने गीतु मोहनदासले गरेकी हुन् । उनले यसअघि हिन्दी फिल्म ‘लायर्स डाइस’ र मलयालम फिल्म ‘मूथोन’ निर्देशन गरेकी थिइन् । फिल्ममा यशसहित कियारा आडवाणी, नयनतारा, हुमा कुरैसी, तारा सुतारिया, रुक्मिणी वसन्थ लगायतको अभिनय रहेको छ । 

Most Visited News (monthly)