Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विजय र अञ्जनाको ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा आउने

फिल्मीखबर, काठमाडौं, 2026/06/19

sindhure jatra

 

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का जोडी विजय बराल र अञ्जना बराइलीको मुख्य भूमिका रहेको फिल्म ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गते (२० नोभेम्बर)बाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माताले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । उक्त मितिमा हरिबोधिनी एकादशी (तुलसी विवाह) परेको छ । 

गत जेठमा पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्क गाउँमा छायांकनका क्रममा घोडाबाट लडेर विजयको दाहिने हात भाँचिएपछि यतिबेला फिल्मको छायांकन रोकिएको छ । अब यही असार दोस्रो साताबाट बाँकी छायांकन सुरु गर्ने तयारी गरिएको छ । फिल्मको करिब ५० प्रतिशत छायांकन भने पूरा भइसकेको छ । 

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको कथा तथा निर्देशन रहेको यस फिल्ममा विजय र अञ्जनासहित कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, विनोद न्यौपाने, पूर्वमिस नेपाल उषा खड्गीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् । 

सारंगी फिल्म्सको प्रस्तुतिमा बन्ने फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह-निर्मातामा छन् । पदम बहादुर श्रेष्ठ फिल्मका छायाँकार हुन् । फिल्ममा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ । फिल्मले एउटी महिलाको मौन पीडा र संघर्ष उजागर गर्ने जनाइएको छ । 

Most Visited News (monthly)