मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौरभको प्रण- ‘अगस्त्य’मा भएको कमजोरी सिक्वेलमा सुधार्छु’

फिल्मीखबर, काठमाडौं, 2024/03/20

Saaurav Chaudhary

 

गत फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य’ले ठूलो उतारचढावको सामना गर्‍यो । रिलिजको हतारोले फिल्ममा केही प्राविधिक कमजोरी देखिएको थियो । कथावाचनमा पनि समस्या थियो । जसले गर्दा समीक्षा सुखद् मिल्न सकेन । त्यसले फिल्मको सुरुवाती व्यापारमा ठूलो असर गर्‍यो । तर, दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त हुँदा फिल्मको व्यापार सुध्रिएको थियो ।

चौंथो हप्तामा समेत फिल्मलाई प्राप्त शोजमा सुखद् अकुपेन्सी छ । विदेशमा पनि फिल्मको शोजमा दर्शक उपस्थिति उत्साहजनक रहेको वितरकले जनाएका छन् । नेपालमा फिल्मले तीन करोड ग्रस कमाइसकेको निर्माण टिमको दाबी छ । अब यसको सिक्वेल बनाउने तयारीमा निर्देशक सौरभ चौधरी जुटेका छन् । ‘अगस्त्य’मार्फत् नै सन् २०२६ मा सिक्वेल प्रदर्शन हुने घोषणा गरिएको छ ।

बुधबार पत्रकार भेटघाटको क्रममा सौरभले ‘अगस्त्य’मा भएको कमीकमजोरीलाई सिक्वेलमा सुधार्ने प्रण गरे । उनले भने- ‘फिल्ममा केही कमीकमजोरी छन् । त्यसलाई सुधार गर्दै सिक्वेललाई अझ राम्रो बनाउनेछौं ।’ उनले आलोचना र प्रशंसाका बीच पनि फिल्म चौंथो सातासम्म चल्नुलाई ठूलो सफलता मानेका छन् । यसले आफूलाई थप सचेत र जिम्मेवार हुन प्रेरित गरेको उनको भनाई छ ।

 

agastya


अभिनेता सौगात मल्लले फिल्मलाई विश्वास गरेर दर्शकहरु हलमा आइदिएकोमा खुसी व्यक्त गरे । फिल्ममा चाँदनीको भूमिकामा रहेकी अभिनेत्री मलिका महतले आफूले चरित्रलाई न्याय गर्न सकेको कुरा दर्शकको प्रतिक्रियाबाट प्रमाणित भएको दाबी गरिन् । अभिनेता प्रमोद अग्रहरीले फिल्म राम्रो बनेको बताउँदै अब आफ्नो अभिनयलाई परिस्कृत गर्दै लैजानुपर्ने चुनौती थपिएको बताए ।