मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाजात्रा’ प्रिमियरमा कसले के भने ?

फिल्मीखबर, काठमाडौं, 2024/03/20

‘जात्रा’ फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’ यही शुक्रबार (चैत ९ गते)बाट प्रदर्शनमा आउने तयारीमा छ । एकातिर ‘ब्रान्ड भ्यालु’ र अर्कोतिर बलियो ‘स्टारकास्ट’ भएकाले फिल्मले यस वर्षकै उच्च कमाई गर्ने प्रक्षेपण गरिएको छ । मंगलबारबाट मल्टीप्लेक्सहरुमा फिल्मको बुकिङ समेत खुलिसकेको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित प्रायःमा फिल्मले उच्च शोज पाएको छ ।

 

mahajatra (6)


यसबीच, मंगलबार सुन्धारास्थित सिभिल मलमा फिल्मको प्रिमियर राखिएको थियो । ५ सयभन्दा बढी अतिथिको उपस्थिति रहेको प्रिमियरमा फिल्मलाई अब्बल प्रतिक्रिया प्राप्त भएको छ । गम्भीर विषयलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको भन्दै लेखनदेखि कलाकारको अभिनयसम्मको प्रशंसा भयो । हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म राम्रो र रमाइलो दुवै रहेको प्रतिक्रिया दिए ।

 

mahajatra (4)


अभिनेत्री दीपाश्री निरौलाले फिल्मको हरेक पक्ष तारिफयोग्य रहेको दाबी गरिन् । उनले भनिन्, ‘फिल्म रमाइलो छ । केही सन्देश पनि छ । फिल्मको सबै कुरा राम्रो छ । कलाकारहरुको काम पनि मनपर्‍यो । वर्षा राउतले गृहणीको भूमिका पनि पोख्त तरिकाले गरेकी छन् । समग्रमा फिल्म एकदमै राम्रो छ ।’ त्यस्तै, अभिनेत्री निशा अधिकारीले सबै नेपालीले हेर्नैपर्ने फिल्म रहेको बताइन् ।

 

mahajatra (2)


अभिनेता तथा गायक प्रकाश सपूतले फिल्ममा जीवनको सबै रंगहरु समेटिएको धारणा व्यक्त गरे । ‘प्रदीप भट्टराई (निर्देशक)ले मेकिङलाई पनि धेरै ‘ग्रोथ’ गर्नुभएको छ । यसमा जीवनका सबै रंगहरु छ,’ उनले भने, ‘एकदमै हाँस्न पाइन्छ । मज्जाले रुन पाइन्छ । विचार, प्रेम, भावना सबै समेटिएको छ । संसारका जुनसुकै दर्शकले फिल्म हेर्न जाँदा जे-जे कुरा खोज्छन्, त्यो सबै यसमा छ ।’

 

mahajatra (2)


अभिनेत्री केकी अधिकारीले भने ‘महाजात्रा’मा हरिवंश आचार्यको चरित्र हेर्दा ‘बलिदान’को याद आएको प्रतिक्रिया दिइन् । ‘हरिवंश दाईको ‘इन्टेन्स’ क्यारेक्टरले ‘बलिदान’को याद आयो । उहाँलाई यस्तो क्यारेक्टरमा एकदमै हेर्न मन थियो । अरु कलाकारहरुको पनि काम राम्रो छ,’ उनले भनिन् । यसैगरी, अभिनेता जितु नेपालले फिल्म रमाइलोसँगै समय सापेक्ष पनि रहेको प्रतिक्रिया दिए ।

 

mahajatra (5)


अभिनेत्री ऋचा शर्माले फिल्मको लेखन पक्षको प्रशंसामा शब्द खचिइन् । ‘स्क्रिनप्ले एकदमै उत्कृष्ट छ । प्रदीप भट्टराईले लेखनमा एकदमै मिहिनेत गर्नुभएको छ,’ उनले हरिवंश आचार्यको पनि तारिफमा भनिन्, ‘हरिवंश दाई एकदमै ‘फ्रेस’ लाग्यो । समसामयिक कुरालाई स्क्रिनमा उतार्नुभएको छ । हलमा जोडदार ताली र सिठ्ठी बज्नेछ जस्तो लाग्छ । हँसाई-हँसाई कडा सन्देश दिइएको छ ।’

 

mahajatra


अभिनेता हरिवंश आचार्यले स्क्रिप्टमा लेखिएकोभन्दा फिल्म अझ राम्रो लागेको बताए । ‘मैले भन्दै आएको कुरा आज फिल्म हेरेपछि सबैले भन्नुभयो । स्क्रिप्ट राम्रो भएपछि प्रदीप भट्टराईले मन हाँस्ने फिल्म बनाउँछन् भन्नेमा आशावादी थिएँ । जे सोचेको थिएँ, त्यही भयो,’ उनले भने । त्यस्तै, अभिनेता विपिन कार्कीले अघिल्ला श्रृंखलाभन्दा यसपटक दर्शकलाई अझ धेरै मज्जा आउने दाबी गरे ।