मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाजात्रा’ प्रिमियरमा वर्षाको मादकता

फिल्मीखबर, काठमाडौं, 2024/03/20

विवाहपछि अभिनेत्रीको फिल्म करिअर संकटमा पर्छ भन्ने भाष्यलाई वर्षा राउतले गलत सावित गरेकी छन् । बिहेपछि पनि उनको करिअर सुखद् देखिएको छ । फिल्म हिट होस् वा फ्लप, उनी कामविहीन हुनुपरेको छैन । यतिबेला उनलाई राम्रै चटारो देखिन्छ । एकातिर सर्लाहीमा फिल्म ‘मेयर’को छायांकन चलिरहेको छ भने अर्कोतिर चैत ९ गतेबाट फिल्म ‘महाजात्रा’ प्रदर्शनमा आउँदैछ ।

 

barsha raut (1)


दुवै फिल्मलाई समय दिनुपर्दा उनलाई भ्याइनभ्याइ छ । मंगलबार काठमाडौंमा ‘महाजात्रा’को प्रिमियर आयोजना गरिएको थियो । यसमा सहभागी हुन उनी ‘मेयर’को सुटिङ छाडेर आएकी थिइन् । प्रिमियरमा उनी पहिरनका कारण आकर्षणको केन्द्रविन्दू बनिन् । आकाशे रंगको वानपिसमा उनको सुन्दरता थप फक्रिएको थियो । यद्यपि, उक्त पहिरनमा उनी केही असहज देखिएकी थिइन् ।

 

barsha raut (2)


प्रिमियरमा वर्षाको अभिनयको तारिफ भएको थियो । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले गृहणीको भूमिकामा वर्षाले पोख्त अभिनय गरेको प्रतिक्रिया दिएकी थिइन् । अभिनेत्री ऋचा शर्मा पनि उनको कामको प्रशंसा गरिन् । आफ्नो अभिनय रुचाइँदा वर्षा हर्षित भावमा देखिएकी थिइन् । उनले प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियापछि फिल्मप्रति अझ आशा बढेको बताएकी छन् ।

 

barsha raut (3)


वर्षासँग ‘मेयर’सहित अरु दुई फिल्म पनि छन् । सम्भवतः बैशाखपछि उनले शंकर घिमिरेको निर्देशन रहने फिल्म ‘तेल भिसा’मा काम गर्नेछिन् । यसमा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिनेछ । उनको पाइपलाइनमा निर्देशक एभरेष्ट सूर्य बोहोराको फिल्म ‘अवतार’ पनि छ । ‘महाजात्रा’ले व्यावसायिक सफलता हासिल गरेको खण्डमा उनलाई फिल्मको चाप थप बढ्ने देखिन्छ ।

 

तस्वीर : विकास बखुन्छे