मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कार्साङ’मा भित्रिए जितु, दीयासँग जोडी बाँधिने

फिल्मीखबर, काठमाडौं, 2024/03/21

juti nepal and diya maskey

 

‘छक्का पञ्जा’ समूहबाट अलग भएपछि हाँस्य अभिनेता जितु नेपालले फिल्म ‘ह्यारी की प्यारी’मा काम गरे । उनलाई यो फिल्मबाट ठूलो अपेक्षा थियो । तर, नतिजा सुखद् आएन । यद्यपि, उनले आफूलाई गम्भीर भूमिकामा केही हदसम्म प्रमाणित गरे । यसपछि ‘मुन्द्रेको कमेडी क्लब’ चलाउँदै आएका उनले केही हप्ताअघि यो शो बन्द गरिसकेका छन् । अब उनी फिल्ममा केन्द्रित हुँँदैछन् ।

करिब एक वर्षपछि जितु नयाँ फिल्ममा जोडिएका छन् । उनले फिल्म ‘कार्साङ’मा मुख्य भूमिकामा काम गर्न लागेका हुन् । यही चैत दोस्रो साताबाट छायांकन सुरु हुन लागेको फिल्ममा जितुको जोडी अभिनेत्री दीया मास्केसँग बाँधिनेछ । फिल्ममा अभिनेता दयाहाङ राईको पनि अभिनय रहनेछ । जितु र दयाहाङले फिल्म ‘वडा नम्बर ६’पछि दोस्रोपटक एकसाथ काम गर्न लागेका हुन् ।

फिल्ममा बुद्धि तामाङ, सुरक्षा पन्त, माओत्से गुरुङ, पुष्कर गुरुङ पनि अनुबन्ध भइसकेका छन् । यो फिल्मबाट सृजना निङ्लेकु र छिरिङ शेर्पाले डेब्यू गर्दैछन् भने सम्राट क्षेत्री, छुकी शेर्पा, कर्मा शेर्पाको पनि अभिनय रहनेछ । यसरी हेर्दा फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो देखिन्छ । यम शेर्पाको निर्देशन रहने फिल्ममा उनी स्वयंको लेखन छ । निर्देशनमा उनको यो डेब्यू फिल्म हो ।