मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बोक्सीको घर’ गीतमा केकीको खुसी र पीडा भाव

फिल्मीखबर, काठमाडौं, 2024/03/21

Keki Adhikari, Sulakshyan

 

आगामी बैशाख १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बोक्सीको घर’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘जिन्दगीको कथा, यता न उता’ बोलको गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत तथा सुलक्षण भारतीको शब्द रचना छ । गीतमा अभिनेत्री केकी अधिकारी नवविवाहित दुलहीको रुपमा देखिएकी छन् । गीतले उनको खुसी र पीडा भाव बोलेको छ ।

फिल्ममा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ भने उनी आफैं केकीको श्रीमानको भूमिकामा पनि छन् । रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, जीवन बराल लगायतको पनि अभिनय रहेको फिल्मले समाजमा प्रचलित बोक्सी कुप्रथालाई चित्रण गरेको छ । ८ वर्ष अगाडि मण्डला थिएटरमा मञ्चन भएको ‘बोक्सीको घर’ नाटकमाथि फिल्म बनेको हो ।

केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म नेपालसहित ओभरसिज बजारमा एकसाथ प्रदर्शन हुने जनाइएको छ । केकीका बाबु बद्री अधिकारी (निर्देशक) निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राज घिमिरे हुन् । शिवराम श्रेष्ठको छायांकन, लोकेश बज्राचार्यको सम्पादन तथा लोचन रिजालको ब्याकग्राउन्ड म्यूजिक रहेको यो फिल्मलाई टिफल्क फिल्म्सले वितरण गर्नेछ ।