Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3157 - 3162 of 23507
फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २१, आईतवार

निर्देशक सुदर्शन थापाकी श्रीमती सुप्रिया कटुुवालले दिएको आपराधिक विश्वासघातको उजुरीको आधारमा अभिनेता अनमोल केसी असोज १२ गते पक्राउ परेका थिए । अब अर्को घटनामा सुदर्शनविरुद्ध आपराधिक विश्वासघातकै उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको छ । अहिले प्रहरीले उनलाई पक्राउ गर्न खोजी गरिरहेको छ । ‘प्रसाद २’को विवादमा उनीविरुद्ध उजुरी परेको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २१, आईतवार

‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलताले बनेको ‘ब्रान्ड भ्यालु’का कारण यसको तेस्रो सिक्वेल ‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार प्रि-प्रोडक्सन अर्थात् छायांकन हुनुभन्दा अगावै बिक्री भएको छ । अष्ट्रेलियामा रहेर नेपाली फिल्मको विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका वितरक छत्र थापाले भारतबाहेक फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २१, आईतवार

गएको बैशाख १५ गते प्रदर्शनमा आएको सुदर्शन थापाद्वारा निर्देशित फिल्म ‘प्रसाद २’को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् । फिल्मका निर्माता सुदर्शन बस्नेतले दिएको उजुरीको आधारमा उनी शुक्रबार पक्राउ परेका हुन् ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २१, आईतवार

पहिलो फिल्म ‘ड्रिम्स’बाटै साम्राज्ञी आरएल शाह ‘स्टार नायिका’को रुपमा उदाइन् । यो फिल्म सफल हुँदा अनमोल केसीभन्दा पनि बढी फाइदा उनलाई भएको थियो । किनभने, अभिनयमा उनी सशक्त देखाएकी थिइन् । दोस्रो फिल्म ‘ए मेरो हजुर २’ पनि सफल भैदिँदा उनको स्टारडम एकाएक उचाइँमा पुग्यो । कतिपयले उनलाई ‘नम्बर वान नायिका’को रुपमा समेत विश्लेषण गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २०, शनिवार

फिल्म बनाउनुभन्दा ठूलो संघर्ष निर्माताले प्रचारमा गर्नुपर्छ । किनकि, प्रचारले नै फिल्मलाई दर्शकमाझ पुर्‍याउने हो । यसैले फिल्म रिलिजको संघारमा हुँदा निर्माताले प्रचारमा साम-दाम सबै प्रयोग गर्छन् । यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’ले पनि प्रचारमा कुनै कसर छाडेको छैन । निर्माण टिमले हरेक उमेर समुहका दर्शकहरुमाझ पुग्ने प्रयास गरिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २०, शनिवार

फिल्म सफल हुनु कलाकारका लागि ठूलो उपलब्धि मानिन्छ । किनकि, यसले करिअरलाई अगाडि बढाउन मद्दत गर्छ । दर्शकको ठूलो वर्गमा चिनाउँछ । आफूमाथि लगानी गर्ने मेकर भेटिन्छन् । यसैले हरेक कलाकार हिटको भोका हुन्छन् । तर, सबैको हकमा फिल्म चल्दैमा करिअर उठ्छ भन्ने हुन्न । फिल्म हिट भएर पनि गुमनाम भएका कयैन् छन् । त्यसमध्ये एक हुन्, क्रिस्टिना गुरुङ ।

Results : 3157 - 3162 of 23507