मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठ १० मा त्रिपक्षीय भीडन्त, ‘फर्की फर्की’ र ‘दान्भी’सँग ‘पूजार सार्की’ भिड्ने

फिल्मीखबर, काठमाडौं, 2024/04/05

pujar sarki

 

अगामी जेठ १० गते नेपाली बक्स अफिसमा त्रिपक्षीय भिडन्त हुने भएको छ । यो मितिमा अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’, अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘दान्भी’ र तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘पूजार सार्की’ प्रदर्शन हुने भएका छन् । बुद्ध जयन्तीको विदा लक्षित गर्दै यी तीन फिल्म भिड्न लागेका हुन् ।

शुक्रबार ‘पूजार सार्की’को दुई पोस्टर सार्वजनिक गर्दै जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरमा आर्यन, प्रदीप र पल आ-आफ्नो चरित्रमा चित्रित छन् । उनीहरुको क्यारेक्टर लुक्स यसअघि नै सार्वजनिक भइसकेको थियो । पोस्टरले यी तीन पात्र साथी रहेको बुझाउँछ । निर्देशक दिनेश राउतले निर्माता र वितरकको सल्लाहअनुसार प्रदर्शन मिति घोषणा गरिएको बताए ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, प्रेम सुब्बा, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । संगीतकार सुवास भुसालको निर्माण रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन छ । जातीय विभेदविरुद्धको कथामा आधारित भएर फिल्म बनेको छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको फिल्ममा निर्माता भुषाल स्वयंको संगीत छ भने हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीको गीत रचना, हिमाल केसीले द्वन्द्व निर्देशन, सुप्रिम पराजुलीको सम्पादन तथा शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर छ । आर्यन, प्रदीप र पलले पहिलोपटक एकसाथ काम गरेका कारण यो फिल्मले बक्स अफिसमा सुखद् व्यापार गर्न सक्ने देखिन्छ ।