मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

फिल्मका लागि फेरिएको हो निखिलको लुक्स ?

फिल्मीखबर, काठमाडौं, 2024/04/04

nikhil upreti

 

कुनै समय नेपाली फिल्ममा अभिनेता निखिल उप्रेतीको ठूलो जगजगी थियो । एउटै सेड्युलमा ३/४ वटासम्म फिल्ममा काम गर्थे । पोस्टरमा उनको अनुहार राखेको भरमा फिल्म चल्ने समय थियो । तर, समय सधैं एकनाश हुँदैन । ‘लुट’पछि हिरोको परिभाषा नै बदलियो । पर्दामा दयाहाङ राईजस्ता अनुहारको दबदबा बढ्दा निखिल जस्ता स्थापित कलाकारको उपस्थिति कमजोर हुँदै गयो ।

निखिलको कमब्याक फिल्म ‘भैरव’ राम्रै चलेको थियो । तर, त्यसपछि उनको अनुहारले फिल्म चल्न छाड्यो । यसैले हुनसक्छ, ५ वर्षदेखि उनी फिल्ममा देखिएका छैनन् । प्रस्तावको अभावले होइन, उनी आफैंले इच्छा देखाएनन् । आजकाल उनी अभिनयभन्दा जीवन र जगतको बारेमा प्रवचन दिन व्यस्त छन् । तर, निखिललाई हेरेर हुर्किएको एउटा पुस्ता भने उनको फिल्म हेर्न अधैर्य छ ।

खासमा उनी आफैं फिल्म बनाउने तयारीमा छन् । कोभिडअघि उनले ‘भैरव’को सिक्वेल बनाउन लागेको चर्चा चलेको थियो । पछि निखिलले पारिवारिक कथामा फिल्म बनाउन लागेको जानकारी गराए । अभिनेता रमेश उप्रेतीसँग मिलेर एक्सन फिल्म बनाउन लागेको पनि चर्चा चलेको छ । तर, कुनै फिल्म बन्न सकेका छैनन् । अब भने उनी फिल्ममा फर्किन लागेको संकेत देखिएको छ ।

निखिलले २/३ वर्षदेखि लामो दाह्री पालेका थिए । अहिले भने उनको लुक्स नै फेरिएको छ । फिल्मीखबरलाई प्राप्त एक तस्वीरमा उनी सफाचट देखिएका छन् । जुँगा भने लामै छ । यो लुक्स फिल्मका लागि हुनसक्ने देखिन्छ । उनको लुक्सले एक्सन चरित्रको संकेत गर्छ । उनले बनाएको छवि पनि यही हो । उनको परिवर्तित लुक्स फिल्मका लागि चाहिँ हो वा होइन, प्रष्ट भइसकेको छैन ।