मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रामबाबुको स्वीकारोक्ति- ‘म बजारमुखी नै छु’

फिल्मीखबर, काठमाडौं, 2024/04/04

मौलिक स्वाद बोकेको फिल्म थियो, ‘कबड्डी’ । यही फिल्मबाट रामबाबु गुरुङ निर्देशनमा स्थापित भए । उनलाई ‘खाँटी सर्जक’को समेत उपमा दिइयो । मौलिक पात्र र परिवेशको कथा पस्किएको ‘कबड्डी’ हरेक कोणबाट आदर्श फिल्म थियो । दोस्रो श्रृंखलाले पनि त्यो धर्म छाडेन । तर, यसको चौंथो श्रृंखलासम्म आइपुग्दा भने निर्देशक गुरुङ बजार केन्द्रित बढी भएको आरोप लागेको छ ।

रामबाबुलाई भने आफू बजारमुखी भएको आरोप महसुस भएको छैन । यद्यपि, उनलाई आफू ‘बजारमुखी छु’ भन्ने चाहिँ बोध छ । बिहीबार पत्रकारसँग उनले भने, ‘म बजारमुखी भएँ भन्ने आरोप नै महसुस भएको छैन । ‘कबड्डी’ बनाउने बेलामै यो मेरो पेशा हो र यहीँ व्यावसायिक हिसाबले काम गर्नुपर्छ भन्नेमा म प्रष्ट थिएँ । त्यसकै फलस्वरुप ‘कबड्डी ४’सम्म आयो । हो, म बजारमुखी नै छु ।’

 

Ram Babu Gurung

 

फिल्म बनाउँदै गर्दा सर्जक र निर्माताको हिसाबले फरक-फरक दबाब रहने उनको बुझाई छ । ‘निर्माताको हिसाबले व्यावसायिक दबाब हुन्छ । तर, ‘कबड्डी’ सिरिजभन्दा धेरै कमाउनुपर्छ भन्ने दबाब चाहिँ होइन । कमसेकम लगानी सुरक्षित हुनुपर्छ भन्ने लाग्छ । तर, सर्जकको हिसाबले विगतको कामभन्दा अझ राम्रो हुनुपर्छ र केही फरक हुनुपर्छ भन्ने दबाब सधैं भइरहन्छ,’ रामबाबु सुनिए ।

उनको आगामी फिल्म ‘डिग्री माइला’ यही चैत ३० गतेदेखि प्रदर्शनमा आउँदैछ । यो नाटकमाथि आधारित भएर बनेको फिल्म हो । तर, ‘डिग्री माइला’को परिकल्पना नाटक र फिल्म सँगसँगै भएको उनको जिकिर छ । त्योबेला नयाँ भएकाले उनले फिल्म बनाउन आँट गरेनन् । यो ‘कबड्डी’ बन्नुभन्दा पनि अगाडिको कुरा हो । नाटक सफल भएपछि भने उनलाई फिल्म बनाउन हौसला मिल्यो ।

उनी अगाडि भन्छन, ‘खासमा नाटक र फिल्मको परिकल्पना सँगसँगै भएको थियो । त्यसबेला हामी नयाँ थियौं । आँट आइसकेको थिएन । क्यारेक्टर चाहिँ निकै रोचक लागेकाले यसमा फिल्म बनाउनुपर्छ भनेर कथामा काम गरिरहेकै थियौं । त्यही क्यारेक्टरमा दयाहाङ राईले नाटक बनाएपछि त्यसको जसरी चर्चा भयो अनि हामीलाई पनि अब फिल्म पूरा गर्नुपर्छ भन्ने हौसला मिलेको हो ।’

उनले धेरैपटक ‘डिग्री माइला’ नाटक हेरेका छन् । नाटक हेरिरहँदा त्यसरी नै फिल्म बनाउने उनमा हुटहुटी जागेको थियो । फिल्म बनाइसकेपछि भने उनको फरक अनुभव छ । उनी भन्छन्, ‘नाटकमा जस्तो खालको पात्र र घटना छ, त्यसरी नै फिल्ममा पनि गर्न पाए हुन्थ्यो भन्ने मलाई लागेको थियो । तर, टेक्निकली त्यस्तो नहुने रहेछ । लेखनदेखि मेकिङसम्म धेरै कुरा निकै फरक हुने रैछ ।’