मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तेस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा ‘नाङ्गो गाउँ’देखि ‘सतीदेवी’सम्म देखाइने

फिल्मीखबर, काठमाडौं, 2024/04/15

team neruff

 

ग्रामीण क्षेत्रमा नेपाली फिल्मको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को तेस्रो संस्करण यही बैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा आयोजना हुँदैछ । त्यसका लागि महोत्सवमा छानिएका फिल्मको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा ‘प्रि-इभेन्ट’ आयोजना गर्दै महोत्सवमा कूल २० वटा फिल्म छनोट भएको जानकारी गराइयो ।

फिचर फिल्मतर्फ निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’, दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’, लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ र सत्यराज चौलागाईँ निर्देशित ‘बिच्छेद’ गरी ४ फिल्म छनोट भएका छन् भने सर्ट फिल्मतर्फ ९, डकुमेन्टतर्फ ४ र भाषिक फिल्मतर्फ ३ वटा छन् । यी फिल्महरु महोत्सवमा प्रदर्शनपछि जुरीको निर्णयको आधारमा उत्कृष्ट हुनेलाई अवार्ड प्रदान गरिने जनाइएको छ ।

सोमबार उद्योग मन्त्री दामोदर भण्डारीले महोत्सवमा छनोट भएका फिल्मको टिमलाई प्रमाणपत्र प्रदान गरे । उनले फिल्म क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँदै यसलाई उद्योगको रुपमा विस्तार गर्ने सरकारको लक्ष्य रहेको समेत बताए । यस्तै, महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले मौलिक कथामा बनेका फिल्महरुलाई मात्र महोत्सवमा समेटिएको जानकारी गराए ।

 

team neruff


महोत्सवमा फिल्म प्रदर्शनका साथै विभिन्न विषयमा अन्तरक्रिया तथा कार्यशाला पनि आयोजना हुने जनाइएको छ । यो महोत्सवको पहिलो संस्करण गोरखास्थित लाप्राकमा भएको थियो भने काभ्रे जिल्लाको भकुण्डेबेसीमा दोस्रो संस्करण आयोजना गरिएको थियो । अब तेस्रो संस्करण रामेछाप नगरपालिका वडा नं. ८ स्थित गौरिशंकर विद्यालयमा हुने महोत्सवका अध्यक्ष सापकोटाले बताए ।