मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रङ्गेली’ निर्देशकले ‘सोल्टिनी’ बनाउने

फिल्मीखबर, काठमाडौं, 2024/04/15

Arjunn Subedi

 

अर्जुन सुवेदीले गत वर्षको फागुनमा रिलिज भएको ग्याङस्टार फिल्म ‘रङ्गेली’बाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्म व्यावसायिक रुपमा असफल भए पनि उनको कथावाचन शैली र क्षमताको समीक्षकले प्रशंसा गरेका थिए । पहिलो फिल्मबाटै निर्देशनमा राम्रो सम्भावना देखाएका उनी अब अर्को फिल्मको तयारीमा जुटेका छन् । उनले दोस्रो फिल्म लभस्टोरी कथामा बनाउन लागेका हुन् ।

फिल्मको शीर्षक ‘सोल्टिनी’ जुराइएको छ । निर्देशक सुवेदीका अनुसार, चलचित्र विकास बोर्डमा नाम दर्ता भइसकेको छ । फिल्म अन्तरजातीय प्रेमकथामा बन्ने उनले जानकारी गराए । आगामी साता पोस्टरमार्फत् फिल्मको निर्माण घोषणा गर्ने तयारी गरिएको छ । छायांकन भने आगामी मंसिर ११ गतेबाट पूर्वका जिल्लाहरुमा हुनेछ । फिल्मलाई ‘रङ्गेली’कै निर्माण समूहले बनाउन लागेको हो ।

आगामी वर्षको तीजलाई फिल्म प्रदर्शनको योजना बनाइएको छ । फिल्मका लागि कलाकारहरु भने निश्चित नभइसकेको निर्देशक सुवेदीले बताए । उनले ‘रङ्गेली’अघि दुई सर्ट फिल्म ‘लभ एट फर्स्ट साईट’ र ‘हु आई एम’ निर्देशन गरेका थिए । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनले त्यहाँ नेपाली फिल्मको वितरण तथा सांगीतिक कार्यक्रमको आयोजना समेत गर्दै आइरहेका छन् ।