मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचाले सुरु गरिन् ‘सारंग’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2024/04/15

reecha sharma

 

सन्तान हुर्किएपछि अभिनेत्री ऋचा शर्माको फिल्ममा पुनः व्यस्तता बढेको छ । गत वर्ष तीनवटा फिल्ममा काम गरेकी उनको यस वर्षको सुरुवात फिल्म ‘सारंग’बाट भएको छ । उनले आइतबारबाट फिल्मको छायांकन सुरु गरेकी हुन् । कोटेश्वरस्थित कान्जिरोवा स्कुलमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको सुटिङ सेड्युल एक महिनाको राखिएको छ ।

कोरियोग्राफर समेत रहेका प्रशान्त तामाङको निर्देशनमा बन्न लागेको फिल्ममा ऋचासहित समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, उत्पल झा, अनिषा न्यौपाने, नीरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जंग केसी, बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीको मुख्य भूमिका रहनेछ । फिल्मलाई यस वर्षको बाल दिवसको छेको पारेर प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ ।

‘सारंग’ले बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिबबीचको खाडलको कथा भन्ने निर्देशक तामाङले बताए । उनले यसअघि बाल मनोविज्ञानमा आधारित फिल्म ‘ठूलो मान्छे’ निर्देशन गरेका थिए, जसका निर्माता प्रदीप खड्का (अभिनेता) थिए । दर्शन बुद्ध फिल्म्सको प्रस्तुति रहेको फिल्मलाई गोपाल रायले छायांकन गर्नेछन् भने मित्र ध्वज गुरुङले सम्पादन गर्ने जिम्मवारी पाएका छन् ।