मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.29/5.00)
Text size:-
+
-

दिव्याका लागि काठमाडौंमा दीलिपले किने ६ करोडको घर

फिल्मीखबर, काठमाडौं, 2024/04/15

Manju Rayamajhi

 

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म ‘एक्टर’बाट डेब्यूको तयारीमा छिन् । बाल्यकालदेखि नै अमेरिका बस्दै आएकी उनी फिल्ममा काम गर्नका लागि गत चैत दोस्रो साता काठमाडौं आइसकेकी छन् । यतिबेला उनले फिल्मको वर्कसपसँगै जिममा वर्कआउट पनि गरिरहेको जानकारी प्राप्त छ । यही बैशाख अन्तिमबाट फिल्मको छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

अब दिव्याले नेपालमै बसेर फिल्ममा गर्ने भएकाले उनका लागि दीलिपले काठमाडौंमा घर समेत खरिद गरेका छन् । नयाँ बानेश्वर र पुरानो बानेश्वरको बीचमा करिब ६ करोड मूल्यमा उनले घर किनेको स्रोतले जनाएको छ । त्यस घरमा उनको परिवार यसै साता सरिसकेको छ । अब दिव्याका लागि नयाँ गाडी किन्ने योजनामा दीलिप छन् । उनका लागि महिला म्यानेजर पनि नियुक्त गरिँदैछ ।

दीलिपको अमेरिकामा पनि निजी निवास छ । तर, अचेल उनको बसाई नेपालमै बढी भइरहेको छ । छोरीलाई ‘सेटल’ गर्न यतिबेला उनकी श्रीमती मञ्जु पनि नेपालमा छिन् । उनी केही दिनमा नै अमेरिका फर्किँदैछिन् । दीलिपले भने नेपाल र अमेरिका आउजाउ गरिरहने जनाइएको छ । छोरीको काठमाडौं बसाई व्यवस्थित गर्न र उनको फिल्म करिअरलाई लिएर दुवै गम्भीर देखिएका छन् ।

राजन भुसालको निर्देशनमा बन्न लागेको ‘एक्टर’मा दिव्याको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिनेछ । सम्झौताको हिसाबले यो उनको दोस्रो फिल्म हो । यसअघि उनले ‘बरिष्ठ बलराम’ सम्झौता गरेकी थिइन् । तर, यो फिल्मको निर्माण अन्योल भएपछि उनी ‘एक्टर’मा जोडिएकी हुन् । सुन्दरताका कारण लामो समयदेखि चर्चामा रहेकी दिव्याले अभिनयसम्बन्धी अध्ययन पनि गरेकी छन् ।