मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए प्रकाश

फिल्मीखबर, काठमाडौं, 2024/04/26

prakash-saput

 

गायक प्रकाश सपूतले फिल्म अभिनयलाई निरन्तरता दिने भएका छन् । अघिल्लो वर्ष उनको डेब्यु फिल्म ‘परदेशी २’ रिलिज भएको थियो, जुन व्यावसायिक रुपमा सफल पनि भयो । अब उनले दोस्रो फिल्मको रुपमा ‘पूर्ण बहादुरको सारङ्गी’मा काम गर्ने भएका छन् । शुक्रबार निर्माण टिमले फिल्ममा उनी कलाकारको रुपमा अनुबन्धित भएको जानकारी गराएको छ ।

सरोज पौडेलको निर्देशनमा बन्न लागेको फिल्मको केही दिनअघि मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो । जसमा अभिनेता विजय बरालले ‘भ्वाइस ओभर’ दिएका थिए । फिल्ममा उनको पनि मुख्य भूमिकामा रहने जानकारी प्राप्त छ । आगामी जेठ दोस्रो साताबाट फिल्मको छायांकन सुरु गरिँदैछ ।

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा निर्देशक पौडेल स्वयंको लेखन छ । २०८२ सालमा विश्वभर प्रदर्शनको तयारी गरिएको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रुपमा छन् । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् । प्रशान्त सिवाकोटीको संगीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।

फिल्मले गहन विषयलाई उठान गर्न लागेको निर्माता पौडेलले जानकारी दिएका छन् । मोसन पोस्टरमा बाबु-छोराबीचको गन्थनमन्थन देखाइएको थियो । जहाँ बाबुले छोराका लागि देखेको सपना गीत र संवादमार्फत् व्यक्त थियो । बाबुको भूमिकामा विजय बराल देखिने जनाइएको छ ।