मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘बोक्सीको घर’ प्रिमियरमा केकी र सुपलाको तारिफ

फिल्मीखबर, काठमाडौं, 2024/04/25

यही शुक्रबार (बैशाख १४ गते)देखि प्रदर्शन हुन लागेको फिल्म ‘बोक्सीको घर’ले प्रिमियरमा अब्बल प्रतिक्रिया पाएको छ । बुधबार साँझ सुन्धारास्थित सिटिसी मलको क्यूएफएक्स हलमा आयोजना गरिएको प्रिमियरमा विशेषगरी अभिनेत्री केकी अधिकारी र बाल कलाकार सुपला सापकोटाको अभिनयको प्रशंसा भयो । कथावस्तुदेखि निर्देशन पक्षको प्रशंसामा पनि धेरैले शब्द खर्चिएका थिए ।

 

Keki-Supala


अभिनेत्री स्वस्तिमा खड्काले आफू केकीको ठूलो फ्यान रहेको बताउँदै फिल्म हेर्दा मज्जा आएको प्रतिक्रिया दिइन् । ‘नढाँटी भन्दा फिल्मको कथासँग कनेक्ट हुन सकिन्न कि भन्ने लागिरहेको थियो । तर, फिल्म सलल बगेको छ । पूरै बाँधेर राख्छ । साँच्चै मज्जा आयो,’ उनले भनिन्, ‘हरेकचोटी केकी दिदी पर्दामा देखिँदा ‘गुजबम्पस्’ हुन्थ्यो । बच्चा (सुपला)ले साह्रै राम्रो काम गर्नुभएको छ ।’

फिल्मका लागि ‘बुझिनँ मैले’ गीत तयार पारेका गायक प्रकाश सपूतले पनि मुक्तकण्ठले प्रशंसा गरे । ‘केही वर्षदेखि मैले फिल्मको स्क्रिप्ट पढिरहेको छु । पेपरमा फिल्म दामी हुन्छ तर, पर्दामा त्यो किन आउँदैन भन्ने लाग्थ्यो । यो फिल्मको मैले स्क्रिप्ट पनि हेरेको थिएँ । त्योभन्दा राम्रोसित पर्दामा आएको छ । यति राम्रो फिल्मसँग म जोडिन पाएकोमा जीवनभर गर्व महसुस हुनेछ,’ उनले भने ।

 

Keki-Swastima


अभिनेता सलोन बस्नेतलाई निर्देशक (सुलक्षण भारती) आफ्नो ‘भिजन’मा सफल भएका छन् भन्ने लाग्छ । उनी भन्छन्, ‘उहाँले जुन ‘भिजन’ देखाउन खोज्नुभएको छ, त्यसमा धेरै सफल हुनुहुन्छ । फिल्म हेरुन्जेल बाँधेर राख्छ । सम्पादन, कलाकारहरुको अभिनय, ब्याकग्राउन्ड स्कोर उस्तै राम्रो छ ।’ उनका पिता तथा निर्देशक शोभित बस्नेतले महिला दर्शकले एकपटक फिल्म हेर्नैपर्ने बताए ।

अभिनेत्री तथा उद्घोषक रीमा विश्वकर्माले फिल्मले आफूलाई धेरै कुरामा सोच्न बाध्य बनाएको धारणा राखेकी थिइन् । ‘कति फिल्म म मेकिङको हिसाबले हेर्छु । कति फिल्मको प्रभाव भने लामो समय परिरहन्छ । मेरो लागि ‘बोक्सीको घर’ त्यस्तै फिल्म हो, जसले मलाई धेरै कुरामा सोच्न बाध्य बनायो,’ उनले भनिन् । रीमाले केकीसहित सबै कलाकारको अभिनय उत्कृष्ट रहेको समेत बताइन् ।

त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्ममा ठूलो सन्देश रहेको बताए । ‘म फिल्म हेर्दा इमोसनल पनि भएँ । यो कथामा फिल्म बनाउन आँट गर्नु नै ठूलो कुरा हो,’ उनले भने, ‘फिल्म हेरुन्जेल समाजमा अझै पनि यस्तो हुने रहेछ भन्ने लाग्यो । फिल्मले धेरै ठूलो सन्देश दिएको छ ।’ उनले यसप्रकारको फिल्मलाई बोर्डले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

Keki-Swastima


सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्मको बुधबारबाट बुकिङ समेत खुलिसकेको छ । फिल्मले मल्टीप्लेक्सहरुमा उत्साहजनक शोज पाएको छ । बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसा र शोषणमा आधारित भएर बनेको फिल्ममा केकी र सुपलाका साथै श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको पनि अभिनय रहेको छ ।