मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भाइरल गोर्खे’मा ऋषि धमलाले अभिनय गर्ने

फिल्मीखबर, काठमाडौं, 2024/04/25

rishi dhamala

 

चर्चित पत्रकार ऋषि धमलाले फिल्म अभिनयमा कमब्याक गर्ने भएका छन् । सन् २०१६ मा आएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक काम गरेका उनले अब फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्न लागेका हुन् । उनीसँग बिहीबार निर्माताले कागजी सम्झौता गरेका छन् । फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी गराए ।

निगम भन्छन्, ‘पत्रकारको भूमिका हामीले ऋषि सरकै लागि भनेर लेखेका थियौं । त्यसमा उहाँबाहेक अरुलाई सुहाउँदै सुहाउँदैन । उहाँले पनि भूमिका मन पराएर काम गर्न तयार हुनुभयो । फिल्ममा उहाँको अर्थपूर्ण उपस्थिति रहनेछ ।’ धमला फिल्मको छायांकनका लागि बैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जाने जनाइएको छ । त्यहाँ उनको एक दिनको छायांकन हुनेछ ।

फिल्ममा सौगात मल्ल, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ । ब्रेकअपपछि पहिलोपटक सौगात र सृष्टि फिल्ममा एकसाथ देखिन लागेका हुन् । केही दिनदेखि भुजुङ गाउँमा फिल्मको छायांकन भइरहेको छ । यसपछि गोरखा र चितवनमा छायांकन गरिनेछ ।

विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको फिल्मले सामाजिक सञ्जालमा भाइरल हुन जस्तोसुकै हर्कत गर्ने पात्र (सौगात मल्ल)को कथा भन्नेछ । र, त्यो पात्रको अन्तर्वार्ता पत्रकार धमलाले लिनेछन् । द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको निर्माण रहेको फिल्मको छायाँकारमा अमर महर्जन छन् ।