मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीतिको नामले ‘खजुरे ब्रो’को चर्चा, तर ट्रेलरमै ‘सो-पिस’

फिल्मीखबर, काठमाडौं, 2024/04/29

niti shah

 

फिल्ममा प्रवेश गर्न नीति शाहले सकसपूर्ण यात्रा पार गर्नुपर्‍यो । सम्झौता गरेका चारवटा फिल्म नबन्दा उनको करिअर सुरु नहुँदै संकटमा पुगेको थियो । यद्यपि, ‘खजुरे ब्रो’बाट उनको डेब्यु भयो । यही बैशाख २८ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्म उनकै कारण चर्चामा छ । मिस नेपालमा भाग लिएपछि उनी ‘लाइमलाइट’मा आएकी थिइन् । यसैले, नीतिको डेब्युप्रति धेरैमा चासो छ ।

तर, उनको नामले फिल्मको जति चर्चा भइरहेको छ, प्रचार सामाग्रीमा भने उनलाई नै खुम्चाइएको देखिन्छ । पहिलो गीत ‘लभ गर्ने मान्छे’मा नीतिको उपस्थिति ८ सेकेण्ड थियो भने टिजरमा संवादबिनाको तीनवटा सिन थियो । दोस्रो गीत ‘मनि मनि’मा उनको पैसा उडाउने र लिप्सिङ गर्ने काम मात्र देखिएको थियो । फिल्मको महत्त्वपूर्ण मानिने ट्रेलरमा समेत उनी प्राथमिकतामा परेकी छैनन् ।

करिब साढे तीन मिनेट लामो ट्रेलरमा उनको एउटा मात्र संवाद छ, त्यो पनि हलुका देखिन्छ । अरु केही दृश्यमा उनी रेअर राईको अघिपछि देखिएकी छन् । ट्रेलर हेर्दा उनलाई ‘सो-पिस’ मात्र बनाइएको प्रष्ट हुन्छ । अब फिल्ममा उनको कस्तो उपस्थिति छ, त्यो पखाईको विषय हो । तर, ट्रेलरमा नीतिले पाएको ‘स्क्रिन स्पेश’ले फिल्ममा उनको भूमिका अर्थपूर्ण छ भन्नेमा आशंका उब्जाउँछ ।

त्यसो त ‘खजुरे ब्रो’ नीतिमाथि केन्द्रित फिल्म होइन । शीर्ष भूमिकामा अभिनेता रेअर राई छन् । स्वभाविक रुपमा फिल्ममा उनी नै हाबी छन् । तर, जसको नामले फिल्मको चर्चा भइरहेको छ, उसैलाई ट्रेलरमा ‘सो-पिस’ बनाउनु अन्याय गरेको देखिन्छ । यद्यपि, निर्देशक सुरज सुनुवारले नीतिलाई फिल्मको ‘सरप्राइज प्याकेज’ भनिरहेका छन् । कतै यो नीतिलाई फकाउने रणनीति त होइन ?