मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूजार सार्की’मा ‘स्क्रिन टाइम’ थोरै होला तर भूमिका महत्त्वपूर्ण छ : पल

फिल्मीखबर, काठमाडौं, 2024/05/09

Paul Shah

 

लभर ब्वाईको छवि बनाएका अभिनेता पल शाहले फिल्म ‘पूजार सार्की’मा पहिलोपटक फरक चरित्रमा काम गरेका छन् । जातीय विभेद अन्त्यका लागि विद्रोह गर्ने पात्रको भूमिकामा उनी छन् । यसलाई उनको छवि बदल्ने अवसरको रुपमा हेरिएको छ । यसै साता सार्वजनिक भएको ट्रेलरले पनि उनको चरित्रबारे प्रकाश पार्छ । तर, ट्रेलरमा उनलाई अर्का दुई अभिनेता आर्यन सिग्देल र प्रदीप खड्काको तुलनामा कम ‘स्क्रिन स्पेश’ मिलेको छ ।

ट्रेलरमा कम ‘स्पेश’ दिएकोमा उनका प्रशंसकले असन्तुष्टि जनाएपछि पलले स्पष्टिकरण दिँदै फिल्ममा आफ्नो ‘स्क्रिन टाइम’ थोरै भए पनि महत्त्वपूर्ण भूमिका रहेको जनाएका छन् । प्रशंसकका प्रतिक्रिया र गुनासाहरु आफूले हेरिरहेको बताउँदै उनले बिहीबार फेसबुकमा लेखेका छन्, ‘फिल्ममा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरुको गुनासोबारे म यो प्रष्ट पार्न चाहन्छु कि यो फिल्ममा मेरो ‘स्क्रिन टाइम’ केही मात्रामा थोरै होला तर अन्य कलाकारहरुको जस्तै महत्त्वपूर्ण भूमिका भने रहेको छ ।’

निर्देशकको दृष्टिकोणबाट ट्रेलरमा आफूलाई दिएको स्थान सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको रहेको उनको बुझाई छ । उनले फिल्ममा आफूले निकै फरक, जटिल र महत्त्वपूर्ण भूमिकामा अभिनय गरेको समेत जनाएका छन् । उनी ‘पूजार सार्की’ आफ्नो लागि महत्त्वपूर्ण मान्छन् । फिल्ममा उनले मेघराज खत्रीको पात्रमा अभिनय गरेका छन् ।

दिनेश राउतले निर्देशन तथा विकास सुवेदीको लेखन रहेको फिल्ममा अञ्जना बराइली र परीक्षा लिम्बूको पनि मुख्य भूमिका छ । मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा लगायतको पनि अभिनय रहेको फिल्मका निर्माता सुभाष भुसाल हुन् । यो फिल्म आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउँदैछ ।