
भारतीय अभिनेत्री प्रजक्ता कोली नेपालकी बुहारी बन्दैछिन् । नेपाली प्रेमी वृशांक खनालसँग यसै हप्ता काठमाडौंको एक रिसोर्टमा उनी विवाह बन्धनमा बाँधिँदैछिन् । केही दिन अगाडि उनी नेपाल आइसकेकी छन् । उनले शनिबार साँझ साडीमा काठमाडौंलाई पृष्ठभूमि बनाएर चन्द्रागिरी रिसोर्टमा खिचेको एक तस्विर इन्स्टाग्राममा राख्दै नेपाली भाषामा ‘त्यस्तो चिसो छैन’ भनेर लेखेकी छन् ।

यही मंसिर २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दुई कदम’बाट नेपाली फिल्म क्षेत्रले एक नयाँ अनुहार पाउँदैछ । उनी हुन्, इओन लिम्बु । फिल्मको हिरो बन्ने सपना उनको बाल्यकालदेखिको हो । यसका लागि उनले फिल्मसम्बन्धी अध्ययन पनि गरिरहेका छन् । यतिबेला उनी अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययन गर्दैछन् ।

फिल्मप्रति दर्शकमा हुटहुटी जगाउन पोस्टरको पनि ठूलो भूमिका रहन्छ । यसैले पोस्टर आकर्षक हुन जरुरी छ । तर, प्रायः मेकर पोस्टरमै चुक्ने गर्दछन् । कलाकारलाई कुन हिसाबले प्रस्तुत गर्दा पोस्टर आकर्षक देखिन्छ भन्ने नै धेरैलाई थाहा हुँदैन । जसले गर्दा पोस्टर सार्वजनिक भए पनि त्यसले बजारमा खासै ठूलो पराकम्पन ल्याउँदैन । यो मामलामा फिल्म ‘सतीदेवी’ भने पृथक देखियो ।

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले फिल्ममेकरले फिल्ममार्फत् उठान गर्ने कथाले समाज बदल्ने क्षमता राख्ने बताएकी छन् । शनिबार चलचित्र विकास बोर्डमा आयोजित तेस्रो संस्करणको ‘आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव’को उद्घाटन समारोहमा बोल्दै उनले भूकम्प र कोरोना महामारीको समयमा महिलामाथि भएका हिंसाका घटनाहरुलाई फिल्ममा देखाउन पनि आग्रह गरिन् ।

भारतीय सेलिब्रेटीहरुको नेपालमा कुन हदसम्म क्रेज छ भन्ने कुरा शनिबार साँझ काठमाडौंको हायत रिजेन्सीको चौरमा आयोजित ‘अरिजित सिंह लाइभ इन नेपाल’ले प्रमाणित गर्छ । करिब २० हजार दर्शकको सानदार उपस्थिति रहेको कन्सर्टलाई अरिजितले झण्डै चार घण्टा तताएका थिए । उनका गीत मन पराउने नेपाली सेलिब्रेटीहरुको पनि कन्सर्टमा उल्लेख्य उपस्थिति रहेको थियो ।

बलिउड सुपरस्टार सलमान खान र निर्देशक तथा निर्माता करण जोहरबीच २५ वर्ष अगाडि फिल्म ‘कुछ कुछ होता हे’मा सहकार्य भएको थियो । यसपछि उनीहरुबीच सहकार्यको चर्चा चलेको भए पनि जुर्न सकेको थिएन । अब भने उनीहरुबीच एक फिल्ममा सहकार्य हुँदैछ । केही समयअघि सलमानले ‘आपकी अदालत’मा आफूले करणको फिल्म गर्न लागेको जानकारी गराएका थिए ।

