Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 223 - 228 of 24137
फिल्मीखबर, काठमाडौं, 2026-07-16, बिहिवार

अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहने फिल्म ‘आशा’को छायांकन सुरू भएको छ । एक महिनाको सेड्युल लिएर बुधबार (हिजो)बाट काठमाडौंमा फिल्मको छायांकन थालिएको हो । केही दिनपछि काभ्रेको नमोबुद्ध नगरपालिका र धुलिखेल आसपासका क्षेत्रमा बाँकी छायांकन हुने फिल्मकी निर्मात्री शर्मिला थापाले जानकारी दिइन् । 

फिल्मीखबर, काठमाडौं, 2026-07-16, बिहिवार

गत वर्षको दशैंमा प्रदर्शन भएको फिल्म ‘बलिदान’ घरेलु बक्स अफिसमा अपेक्षित चल्न सकेन । ६ करोडमाथिको लगानीमा निर्माण भएको फिल्मको कमाइ ५ करोडमुनि नै अड्कियो । जसले गर्दा फिल्मका निर्माता सन्तोष सेनले ठूलो घाटा बेहोर्नुपर्‍यो । एक्सन पक्ष बलियो हुँदाहुँदै पनि प्रस्तुतिकरण र पटकथा कमजोर हुँदा फिल्म असफल हुन पुगेको थियो । 

फिल्मीखबर, काठमाडौं, 2026-07-15, बुधवार

‘मितज्यू’का निर्माता जनक घर्ती मगरले नयाँ फिल्म ‘आकाश वर्षा’ बनाउने भएका छन् । उनले बुधबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन् । यो उनको तेस्रो निर्माण हुनेछ । उनले पहिलो पटक निर्माण गरेको फिल्म ‘घरज्वाइँ’ थियो, जुन व्यावसायिक रूपमा सफल पनि भयो । ‘मितज्यू’ भने अपेक्षित चल्न सकेन ।

फिल्मीखबर, काठमाडौं, 2026-07-15, बुधवार

यतिबेला हलमा नेपाली फिल्मको अभाव छ । आधा दर्जनभन्दा बढी हलिउड र बलिउड फिल्म प्रदर्शन भइरहँदा नेपाली भने एउटा पनि छैन । गत जेठयता प्रदर्शनमा आएका फिल्महरूले अपेक्षित व्यापार नगर्दा हलमा यो अवस्था सिर्जना भएको हो । अब यही शुक्रबार (१ साउन)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’प्रति धेरैको आशा छ । 

एजेन्सी, काठमाडौं, 2026-07-15, बुधवार

बलिउडका अनुभवी अभिनेता गोविन्दाले ७ वर्षपछि फिल्ममा पुनरागमन गर्ने भएका छन् । पछिल्लो पटक सन् २०१९ मा प्रदर्शन भएको फिल्म ‘रंगीला राजा’मा देखिएका उनी यस वर्ष दुई नयाँ फिल्ममा काम गर्ने तयारीमा छन् । सोमबार मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफ्ना दुई फिल्म ‘रूपा’ र ‘दुनियादारी’बारे जानकारी दिए । 

फिल्मीखबर, काठमाडौं, 2026-07-15, बुधवार

आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । पहिलो सम्झौता साइप्रसका वितरकसँग भएको छ । सोमबार निर्माताले साइप्रसका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री गरेका हुन् । भदौ ८ गते साइप्रसमा फिल्मको विशेष प्रदर्शनी हुने निर्मात्री पूजा  गुरुङले जानकारी दिइन् ।

Results : 223 - 228 of 24137