Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दले दाइ’ले सकाए ‘तिरिमिरी झ्याइँ’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2026/08/25

tirimiri jhai

 

हास्य विधामा निर्माण भएको फिल्म ‘तिरिमिरी झ्याइँ’को छायांकन सकिएको छ । सोमबार कोशी प्रदेशको बराहक्षेत्रमा अन्तिम दृश्य खिचिएसँगै ३५ दिनमा फिल्मको छायांकन पूरा भएको हो । केही दिनअघि सुनसरीको रामधुनी नगरपालिकाले फिल्ममार्फत स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुर्‍याएको भन्दै निर्माता−निर्देशकलाई सम्मान गरेको थियो ।

समीरको निर्देशन तथा आभास अधिकारीको कथा तथा अवधारणामा बनेको फिल्ममा सुमन कोइराला (दले दाई), धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारहरूको अभिनय रहेको छ । सुमनले यही फिल्मबाट डेब्यू गरेका हुन् ।

होराइजन मोसन पिक्चर्सका लागि प्रद्युम्न बोगटीले निर्माण गरेको फिल्ममा भूपेन्द्र सिटौला, शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा सह−निर्माताको रूपमा छन् । फिल्मको पटकथा तथा संवाद गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले तयार पारेका हुन् । फिल्ममा विशाल कक्षपतिको छायाङ्कन तथा अभिषेक कार्कीको संगीत छ ।