Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20905 - 20910 of 23720
फिल्मीखबर, काठमाण्डौ, 2012-06-16, शनिवार

सामाजिक कथामा बनेको फिल्म 'तुलसी' को प्रोमो एक्सक्लुसिभ रूपमा फिल्मीखबरबाट रिलिज गरिएको छ । यसअघि रिलिज गरिएको फस्टलुकको प्रतिक्रिया लिएर निर्देशक शंकर घिमिरेले दर्शक तान्ने प्रोमो बनाएको बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-15, शुक्रवार

भदौमा २९ मा रिलिज हुने तयारीमा रहेका दुई फिल्मको रिलिज डेट हेरफेर गरिएको छ । सो डेटमा करिब ६ वटा फिल्म रिलिज हुने भएपछी वितरक सुनिल मानन्धरले रामप्रसाद रिजालको 'धुवाँ यो नशा' लाई एक हप्ता वर सारिदिएका छन् भने सोभित बस्नेतले निर्धारित समयमा 'जाउँ हिड पोखरा' को सुटिङ नसक्ने भएपछी उनको फिल्म डेढ महिना पर धकेलिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-15, शुक्रवार

यो बर्ष सुमन सिंहको फिल्म रिलिज संख्या नौ पुग्ने निश्चित भएपछी उनी एकातर्फ हर्षित छन् र अर्को तर्फ चिन्तित पनि ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-06-15, शुक्रवार

भाद्र २९ गते रिलिज मिती तय गरिएको फिल्म 'बडीगार्ड' को रिसुट गरिने भएको छ । फिल्मको केहि सिन चित्त नबुझेकाले केहि दिनमा रिसुट गरिने निर्माता सुशिल पोखरेलले फिल्मीखबरलाई जानकारी गराए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-14, बिहिवार

सार्वजनिक गरिएको पब्लिसिटी पोष्टरबाट आफ्नो चरित्र हत्या भएको भन्दै हिरोईन शुष्मा कार्कीले फिल्म विन्दासको नाम समेत नलिने भएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-14, बिहिवार

घुष काण्डले संस्थाको बेइज्जत भएको भन्दै चलचित्र बिकास बोर्डका कर्मचारीले दोषी माथि कारबाहीको माग गर्दै आज एक दिनका लागि पेन डाउन गरेका छन् । बिहान दश बजेदेखि पेन डाउन गरका कर्मचारीहरुले पुरै दिनभर कार्यालयको कामकाज ठप्प पारे ।

Results : 20905 - 20910 of 23720
Most Visited News (monthly)