Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार संघको अध्यक्ष बन्न सबिन बाँस्तोलाद्धारा पनि उम्मेदवारी घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2012/09/30

असोज २७ गते हुने चलचित्र कलाकार संघको निर्वाचनका लागि अध्यक्ष पदमा अर्को उम्मेदवारी घोषणा भएको छ । तीन दिन अघि नबल खड्काले उम्मेदवारी घोषणा गरे शैलीमै कलाकार सबिन बाँस्तोलाले पनि आफ्नो उम्मेदवारी आज घोषणा गरेका हुन् ।

 

फिल्म नगरीमा सविन बाँस्तोलाले परिचित उनको आधिकारिक नाम गिरिधारी हो जसको फिल्म उद्योगमा २० बर्षको कार्य अनुभव छ । टेलिफिल्म र फिल्म सवै तिर अभिनय गर्ने उनले बर्गको उत्थान र चलचित्र प्रवर्द्धन गर्नुलाई आफ्नो प्रमुख लक्ष्य र उद्देश्य बनाएको भन्दै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।पत्रकार सम्मेलन मार्फत उम्मेदवारी घोषणा गरेका बाँस्तोलासंगै उपाध्यक्ष पदमा चेतबहादुर सिहंले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

 

सबिनलाई अध्यक्षमा खुल्ला समर्थन गर्ने गरि आयोजित संयुक्त प्रेस मिटमा उनको घोषणा पत्रलाई चेतबहादुरले पढेर सुनाएका थिए । 'कलाकार संघ कलाकार संघ जस्तो नभएकाले मैले उम्मेदवारी घोषणा गरेको हुँ त्यसैले मेरो कार्यकालमा पार्टीको भर्ती केन्द्र जस्तो हुन दिने छैन', मिडियालाई सम्बोधन गर्दे सविनले भने । अध्यक्ष पदमा आफु किन  विजय हुने भन्दै उनले १८ बुँदे प्रतिबद्धतात्मक योजनाहरु ल्याएका छन् जसमा पहिलो प्राथामिकता उनले कलाकारहरुको हकहित र सुरक्षा सहित कलाकारहरुलाई कसरी समृद्ध पार्न सकिन्छ भन्ने रहेको छ । यस्तै उनको योजना भित्रमा प्रमुख आकर्षण बुँदा मध्ये कलाकारहरुको प्रतिभालाई प्रस्फुटित एवं क्षमतावान बनाउन हरेक महिना अन्र्तक्रिया, गोष्ठी, प्रशिक्षण गरिने उल्लेख छ  ।

 
 
यसैगरी २०४५ साल देखि संघको क्रियाकलापलाई लिपिबद्ध गरी दस्ताबेज गर्ने भन्ने उल्लेख गरिएको छ भने कलाकार कल्याण कोष स्थापनामा गर्ने पनि उनको चुनाबी  प्रतिज्ञा पत्रमा उल्लेख छ । यसैगरी बाँस्तोलाको आफ्नो योजना भित्र संघमा दर्ता भएका सदस्यताको अनियमिततालाई कडी पुर्बक छानविन गर्ने तथा २०६२ साल देखि चल्दै आएको अध्यक्षको हैकमलाई अन्त्य गरी सामुहिक रुपमा सबैको समझदारीमा संघ संचालन गर्ने उल्लेख गरेका छन्  । 
Most Visited News (monthly)