नेपाली फिल्ममा व्यस्त नायकको सुचिमा परेमा जीवन लुईटेलका आफ्नै भाई निराजन लुईटेल पनि फिल्मको हिरो बन्दै छन् । हाल पूर्वको भेडेटारमा सुटिङ भईरहेको फिल्म 'त्रास' बाट निराजनले डेब्यू गर्दैछन् ।
लामो समय देखि मोडलिङ गर्दै आएका २६ बर्षे यि युवा अब फिल्ममा जम्ने शुरमा छन् । दाजुभाईले उधोग हाँक्ने हो त भन्ने प्रश्नमा निराजन हाँस्दै भन्छन्, 'सबैको माया, साथ र सहयोग पाईयो भने सायद ।' फिल्मी यात्रालाई बिस्तारै बढाउँदै यहि क्षेत्रलाई आफ्नो कर्मथलो बनाउने यि पूर्वेली ठिटो बताउँछन् । जीवन त यो क्षेत्रमा स्थापित भईसके हेरौं भाईलाई फिल्मी क्षेत्रले कुन मोडमा पुर्याउने हो ।
प्रकाश ओझाको निर्माण तथा निर्देशनमा असोज ३ गते देखि छायाँकन भईरहेको त्रासमा निराजन सच्चा प्रेमीको भुमिका निर्वाह गर्दैछन् । सस्पेन्स थ्रील उक्त फिल्ममा निराजनका को-स्टार अनु शाह, रिया श्रेष्ठ र अयुब केसी हुन् । यात्रामा निस्केको एक युवा टोलीले बाटोमा भोग्नु परेमा समस्यालाई सस्पेन्स र थ्रील तरिकाले फिल्ममा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । फिल्मको सुटिङ भेडेटार पश्चात काठमाण्डौमा गरिने छ ।

