
पर्दा भित्र अनु शाहसँगको एकोहोरो प्रेममा परेका बाबु बोगटीले आफ्ना सुटिङका तस्विरहरू पहिलो पटक फेसबुक मार्फत सार्वजनिक गरेका छन् । तस्विरमा बाबु र अनुको लभलाई देख्न सकिन्छ ।

सम्बन्धको डोरी कहाँ सम्म बाटिन्छ त्यो भोलिको कुरा तर निर्देशक दिनेश डिसीले आफ्नो सम्बन्ध यहि तरिकाले अघि बढिरहेमा आफ्ना हरेक फिल्मका संगीतकार सुरेश अधिकारी नै हुने बताएका छन् ।

सरकारी जागिर लगाई दिने र विदेश पठाई दिने बहानामा विभिन्न ब्यक्तिसँग पाँच करोड बढी ठगेको आरोपमा बुधबार अपरान्ह केन्द्रिय अनुसन्धान ब्यूरोको विशेष टोलीद्धारा पक्राउ परेका मनोज बहादुर सिंह अभिनेत्री सुस्मिता बम्जनका पति रहेको रहस्य बाहिरिएको छ ।

एक लाख घुष काण्डमा फसेका चलचित्र बिकास बोर्डका सदस्य निलहरी काफ्लेलाई सञ्चारमन्त्रालयले उक्त पदबाट बर्खाष्त गरेको छ । विदेश भ्रमणबाट नेपाल फर्केको भोलिपल्टै मन्त्री राज किशोर यादवले उनलाई सो पदबाट बर्खाष्त गरेका हुन् ।

माओवादीको सशस्त्र युद्धका क्रममा आफन्त हराएका परिवारका पीडालाई सम्बोधन गर्न पत्रकार गणेश पाण्डेले निर्देशन गरेको डकुमेन्ट्री “अन्तिम सन्देश” बुधबार राजधानीमा सार्वजनिक गरिएको छ ।

गत भाद्र ८ गते देशभर एकसाथ प्रदर्शनमा आएको राजु गिरी निर्देशित फिल्म बिन्दासले व्यापारिक सफलता पाएको छ । चलिरहेका अन्य फिल्म भन्दा यो फिल्मले राम्रो व्यापार गरेको वितरक तथा हल सञ्चालक बताउँछन् ।

