Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तरवारले लेखिएको `चन्द्रावती`

फिल्मीखबर, काठमाण्डौ, 2012/11/02

राजु गिरीले निर्देशन गरेको फिल्म 'चन्द्रावती' को प्रोमो सार्वजनिक गरिएको छ जसमा लेखिएको छ- 'तरवार लेखिएको एउटा कथा' । अब तरवारले कस्तो कथा लेखेको होला त्यो रिलिज पछि नै थाहा हुनेछ तर निर्देशक गिरीले यो फिल्मलाई १६ बर्ष मुनिका दर्शकलाई नहेर्न आग्रह गरेका छन् ।

 

फिल्म भित्र समावेश गरिएका द्धन्दका दृश्यहरू हेरेर दर्शक डराउन सक्ने भएकाले निर्देशक गिरीले १६ बर्ष मुनिका दर्शकलाई फिल्म नहेर्न आग्रह गरेका हुन् । यस्तै उनले फिल्म हल सञ्चालकहरूलाई पनि १६ बर्ष मुनिका दर्शकहरूलाई टिकट नदिन अनुरोध गरेका छन् । यहि हलवालाले टिकट दिएका त्यसको जिम्वेवारी उनीहरूले नै लिनुपर्ने राजुको भनाई छ ।

 

संजय बुलुनले निर्माण गरेको यो फिल्ममा राजेश हमाल, आयुष रिजाल, युना उप्रेती, शशि खड्का, कुशल थापा लगायतले अभिनय गरेका छन् । सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको यो फिल्ममा नायक रिजाल र नायिका खड्का बिचको रोमान्सलाई निर्देशक गिरीले मज्जाले नै प्रस्तुत गरेका छन् । जसको यहि रोमान्टिक सिनका कारण नायिका र निर्देशक बिच बिबाद समेत भएको थियो ।