Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मार्टिन खानको नजरमा सेलिब्रेटी ड्रेसिङ सेन्स कस्मा कति ?

अनुप भट्टराई, काठमाण्डौ, 2012/11/01

डेढ दशकको ड्रेस डिजाईनिङ करिअरमा मार्टिन खान बल्ल कलिउड नगरीमा परिचित हुँदैछन् । हुनत उनले औपचारिक रुपमा मेरो एउटा साथी छ देखि फिल्म आर्टिस्टहरुको औपचारिक रूपमा ड्रेस डिजाईनर भएर काम गर्ने मौका पाएका हुन् । त्यस अघि उनले ब्यक्तिगत रुपमा धेरै फिल्मकर्मीहरुको ड्रेस डिजाईनर भएर अनुभव संगालेका थिए । हाल सम्म उनले एक दर्जन चर्चित फिल्ममा ड्रेस डिजाईनर भएर काम गरिसकेका पनि छन् ।


पछिल्लो समय फेसबुक फिल्मबाट नेगेटिभ हिरोको रुपमा उदाएका उनी अहिले सोहि क्यारेक्टरको रुपमा विकाउ कलाकार पनि भएका छन् । कमलपोखरी स्थित सिटी सेन्टरमा पकेट स्टोर सञ्चालन गरेर आफ्नो ब्यावसाय समेत गरिरहेका खानसंग फिल्मीखबरले केही अन्तरसंबाद गर्दा उनले टप फाईभ मेल / फिमेल ड्रेसिङ सेन्स भएका कालाकारहरुको लिष्ट दिएका छन् ।


अभिनेता तर्फ :


भुवन केसी :  मार्टिन खानको नजारमा भुवन केसी ड्रेसिङ सेन्स भएका पहिलो नम्बरको अभिनेता तर्फ पर्दछन् । ड्रेसको मामलामा रियल र रिल लाईफमा उतीकै कन्सस रहने भूवन यदि पब्लिक फेस नभएको भए पनि उनीमा ड्रेसिङ सेन्स क्षमता आफूले देखेको खान बताउँछन् । उनी भन्छन्, 'भुवन जी यदि सेलिब्रेटी नभईदिएको भए पनि उहाँलाई भेट्ने जो कोहीले पनि एक पटक सेलिब्रेटी ठान्थ्यो होला ।'


रोज राणा : भुवन केसी पश्चात ड्रेसिङ सेन्स भएका अर्का अभिनेता रोज राणा रहेको मार्टिन बताउँछन् । 'नशा भन्ने कुरा मानिसको धेरै हुन्छन् तर भुवन केसी जस्तै ड्रेस फेरिरहन रुचाउने नशा भएका ब्यक्ति रोज राणा हुन्', मार्टिन भन्छन्, 'हरेक परिस्थीतिमा उहाँहरुको जस्तो ड्रेस सेन्स अन्यमा अलि कम छ ।'

निमा रुम्बा : फिल्म अभिनेता समेत रहेका गायक निमा रुम्बालाई फेसन बुझेको सेलिब्रेटी भनेका छन् खानले । उनले स्टाईलिष्ट रुम्बालाई जुन सुकै पहिरनमा सुहाउने तर्क गरेका छन् ।

राजबल्लभ कोईराला र नीरज बराल : आफ्नो चार   पाँचौ नम्बरको लिष्टमा अभिनेताद्धय राजबल्लभ कोईराला र नीरज बराललाई राखेका छन् खानले । खान भन्छन्, 'प्रोडक्सन टिमको बजेटको हिसावमा फिल्ममा ड्रेस सेन्स कम देखिए पनि उहाँहरु दुवै जना ब्यक्तिगत जीवनमा ड्रेसमा निकै ध्यान दिनुहुन्छ ।'
 

मानिसको पर्सनालिटी महंगो लुगाले हैन कलर सुहाउँदो वातावरण मिलाएर जसले लगाउछ उही ड्रेसिङ सेन्स भएको ब्यक्ति भनी खानले तर्क गरेका छन् जसअनुरुप उनले आफ्नो नजरमा ड्रेसिङ सेन्स भएका अभिनेत्रीहरुको लिष्ट यस प्रकारले दिएका छन् ।



करिश्मा मानन्नधर : डिभा गर्ल करिश्मा मानन्धर हिजोका दिनमा फेसनमा जति रुचि राख्थिन् आजको दिनमा पनि उनको ड्रेसिङ शैली एक पर्सेन्टले पनि नघटेको भन्दै खानले करिश्मा जस्तो ड्रेसिङ सेन्स पावर भएको अन्य हिरोईन आफूले नदेखेको बताउँछन् । फ्रेस अफ दि टाईम फेसनलाई सजिलै बुझ्न सक्ने करिश्माको खुबी अगाडी आफू पनि तल पर्ने खानको तर्क छ । रियल र रिल लाईफमा करिश्माको पहिरन शैलीबाट अन्य अभिनेत्रीहरुले सिक्नुपर्ने उनी बताउँछन् ।


प्रियंका कार्की : विगत दश बर्षको अघिको फेसनको बिषयमा जति जानकार थिईन् प्रियंका अहिलेको अवस्थामा पनि उनको शो शैलीले आफूलाई प्रभावित बनाएको  भन्दै खानले प्रिंयंका कार्कीलाई आफ्नो लिष्टको दोस्रो नम्बरमा राखेका छन् । विशेषत थ्री लभर्स फिल्ममा आफू कस्ट्यूम डिजाईनर भएर काम गर्दा प्रियंकाको ड्रेस पहिरनमा हिचकिचाहाट नदेख्दा उनीमा ड्रेसिङ सेन्स पावर रहेको खान बताउँछन् । खानको नजरमा प्रियंका रिल र रियल दवै लाईफकी पर्फेक्ट ड्रेस सेन्स भएकी हिरोईन हुन् ।

निशा अधिकारी :  अहिलेको अवस्थामा निशा अधिकारी नयाँ पुस्ताकी हिरोईन हुन् र ब्यस्त पनि तसर्थ यो ब्यस्ताता बढाईदिने उनको प्रमुख मध्येको एक ड्रेस सेन्स रहेको खानले तर्क गरेका छन् । खानले रियल लाईफमै राम्रो तवरले ड्रेसको बिषयमा जानकारी बोकेको हिरोईन भनेर निशा अधिकारीलाई ट्याग दिएका छन् ।



नन्दिता केसी : निशा पश्चात चौथो नम्बरको लिष्टमा नन्दिता केसीलाई राखेका छन् खानले । आफ्नो लिष्टको पाँचौ नम्बरमा राख्नका लागि ड्रेसिङ सेन्स भएका अन्य हिरोईन आफूले नदेखेको भन्दै उनले नन्दिताको बिषयमा उनका केही फिल्महरुमा प%