Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

लौ रोज्नुस् कुन फिल्म हेर्ने ?

फिल्मीखबर, काठमाण्डौ, 2012/11/01

भोली शुक्रबारबाट ४ नयाँ फिल्म रिलिज हुँदैछन् । रिलिज हुन लागेका ति चार फिल्ममा सबैले आ-आफ्नै बिशेषता बोकेका छन् जसले गर्दा दर्शकले छानेर आफूलाई मन पर्ने कलाकार र कथानक फिल्म हेर्न सक्नेछन् ।

 

लामो समयको कुराई पश्चात क्यू सिस्टमबाट सबिर श्रेष्ठ निर्देशित फिल्म 'इशारा' रिलिज हुँदैछ । उमा बेबीले निर्माण गरेको यो फिल्ममा रेखा थापा, उमा बेबी, उत्तम प्रधान र भुपेन चन्दको मुख्य अभिनय हेर्न सकिन्छ । यो एउटा पारिवारिक प्रेमकथानक फिल्म हो जसको कथा शिबम अधिकारीले लेखेका हुन् । फिल्ममा शिब ढकालको छायाँकन, महेश खड्काको संगीत, किरण खरेलको गीत र कमल राईको नृत्य रहेको छ ।

 

 

किशोर चौधरीले निर्देशन गरेको फिल्म 'भेटी' पनि भोलीबाट देशभरका हलमा लाग्ने छ । नारायण खतिवडाले निर्माण गरेको यो मसलेदार फिल्ममा रेखा थापा, रागिनी खड्गी, राजेन्द्र खड्गी र प्रमोद खड्काको मुख्य अभिनय रहेको छ । चित्रसेन बाबा मिडियाको पहिलो प्रस्तुति 'भेटी' मा निर्देशक स्वयंको लेखन तथा संगीत, राजु केसीको छायाँकन, राजेन्द्र खड्गीको द्धन्दनिर्देशन तथा सुरेश चौधरीको नृत्यनिर्देशन रहेको छ ।

 

यस्तै भोली शुक्रबारबाट अर्का नयाँ निर्देशक सचिनराज अमात्यले निर्देशन गरेको 'आई एम इन लभ' पनि देशभरका हलमा लाग्ने भएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सो फिल्ममा बाबु बोगटी र अनु शाहको साथमा अर्का एक चर्चित नायकले पनि अभिनय गरेका छन् जुन् कुरालाई निर्माण युनिटले गोप्य राखेको छ । फिल्मलाई बिष्णु बस्नेतले निर्माण गरेका हुन् ।भोली नै रिलिज हुन लागेको अर्को फिल्म हो 'नबोलेनी हाँसी राख न' । आरबिके सरदले निर्देशन गरेको यो फिल्ममा निखिल उप्रेती, ऋचा सिंह ठकुरी लगायतको अभिनय रहेको छ ।