Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अपडेट : आमरण अनसनमा समर्थन बढेपछि मागहरु थपिए

फिल्मीखबर, काठमाण्डौ, 2012/12/17

पाँच बुँदे माग सहित आमरण अनसनमा उत्रिएका निर्देशक समाजका अध्यक्ष विमल पौडेललाई समर्थन गर्ने फिल्मकर्मी बढेपछि मागहरु थप भएका छन् ।

 

बोर्ड परिसरमा आन्दोलनरत पौडेललाई समर्थन गर्न विभिन्न फिल्मकर्मीहरुको उपस्थिती बढ्दै गईरहदा एवं चलचित्र बिकास बोर्ड राष्ट्रिय कर्मचारी संगठनले पनि विमल पौडेलको आन्दोलनमा ऐक्यबद्धता जनाएपछि पाँच बुँदे मागलाई परिमार्जित सहित ९ बुँदा बनाईएको हो । यसैगरी बोर्ड सदस्य विकास आचार्यले पनि पौडेलले उठाएका मागलाई हस्ताक्षर सहित समर्थन जनाएका छन् ।


परिमार्जित सहितका नौ बुँदे मागहरु यस प्रकार छन् ।
१) चलचित्र बिकास बोर्डलाई स्वायत्त गर ।
२) चलचित्र बिकास बोर्डका अध्यक्ष तथा पदाधिकारीको नियुक्तिको बिषयमा चलचित्र क्षेत्रसंग प्रत्यक्ष संलग्नता रहेको ब्यक्ति अनिवार्य गर ।
३) श्रमजीवी चलचित्र ऐन तुरुन्त बनाई लागु गर ।
४) चलचित्र क्षेत्रको बिकास र विस्तारका लागि चलचित्र बिकास बोर्डले तयार पारी पेश गरेको एन तुरन्त पास गरी तत्काल लागु गर ।
५) स्वदेशी चलचित्रको  प्रदर्शनलाई अग्रस्थानमा राखि विदेशी चलचित्र प्रदर्शनमा कोटा प्रणालीको नियम लागु गर ।
६) बक्स अफिसको केन्द्रिय संरचना निर्माण गरी तुरुन्त लागु गर ।
७) कुनैपनि स्वदेशी तथा विदेशी उत्पादनहरुको नेपालबाट प्रसारण तथा प्रचार हुने प्रचार हुने विभिन्न श्रब्य दृश्य तथा स्थित प्रचार सामग्रीको उत्पादन एवं प्रसारणमा नेपाली जनशक्ति अनिवार्य गर ।
८) केन्द्रिय चलचित्र जाँचपास (सेन्सर) समिति चलचित्रकर्मीको नेतृत्वमा गठन गर ।
९) केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) को आचारसहिता निर्माण गरी लागु गर ।