पाँच बुदे माग सहित निर्देशक समाजका अध्यक्ष बिमल पौडेलले चलचित्र बिकास बोर्डको मुल ढोकामा आमरण अनसन सुरु गरेका छन् । पौडेल आज बिहान कार्यालय समय देखि माग पुरा नहुन्जेल सम्मका लागि आफ्नो अनसन जारी राख्ने दृणताका साथ आन्दोलनमा उत्रिएका हुन् ।
पौडेलले फिल्म क्षेत्रको भबिष्य अन्यौल रहेको भन्दै सरकारले तुरुन्त आफ्ना पाँच बुँदे मागलाई सम्बोधन नगरे परिस्थीति जे पनि हुने फिल्मीखबरसंगको कुराकानीमा बताएका छन् ।
यस्तै चलचित्र बिकास बोर्ड राष्ट्रिय कर्मचारी संगठनले पनि विमल पौडेलको आन्दोलनमा एक्यबद्धता जनाउने छ । संगठनका अध्यक्ष आन्नद घिमिरेले मौखिक रुपमा यो आन्दोलनलाई समर्थन रहेको भन्दै आजै औपचारिक मिटिङ गरी आन्दोलमा आफ्नो संगठनको सहभागिता पनि रहने बताए । बोर्डमा ३२ जना कर्मचारीहरु कार्यरत छन् ।
पौडेलले अनसन सुरु गरेकाले निर्देशक समाजका सदस्यहरु सहित अन्य फिल्मकर्मीहरु बोर्डमा आउने क्रम जारी छ । पौडेलले उठाएका पाँच बुदे माग निम्नलिखित छ -
- चलचित्र बिकास बोर्डलाई स्वायत्त गर ।
- चलचित्रको भबिष्यलाई सुनिश्चित गर्न श्रमजीवी चलचित्रकर्मी ऐन लागु गर ।
- चलचित्र क्षेत्रको बिकास र विस्तारका लागि चलचित्र बिकास बोर्डले तयार पारी पेश भएको ऐन तुरन्त पास गरी तत्काल लागु गर ।
- चलचित्रकर्मीलाई सम्मान गर्न बिकास बोर्ड अध्यक्ष पद नियुक्त गर्दा चलचित्र निर्माणसंग प्रत्यक्ष संलग्नता भएका ब्यक्तिहरुलाई मात्र नियुक्त गर ।
-
स्वदेशी चलचित्र प्रदर्शनलाई अग्रस्थानमा राखि विदेशी चलचित्र प्रदर्शनमा कोटा प्रणालीको नियम लागु गर ।

