Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कतारमा गरिमाको रोमान्स

फिल्मीखबर, दोहा, 2012/12/17
रिमझिम रिमझिम पानी परिरहेको अवस्थामा पनि झरीको कुनै वास्ता नगरी आफ्ना दुई प्रेमीहरु बिष्णु कार्की र भानु शर्मासँग कतारको पर्यटकिय स्थल भनेर चिनिने पर्ल कतार भित्रको रमणिय स्थलहरुमा नायिका गरिमा पन्तले रोमान्स गर्न भ्याईन् । 
 
 
नायिका पन्तले रियल लाईफमा नभएर रिल लाईफमा बिष्णु र भानुसँग रोमान्स गरेकी हुन् । एक काम दुई पन्थ भने झै किन लाग्छ मायाको प्रदर्शनको लागि कतार पुगेकी आईपुगेकी गरिमाको यो रोमान्स म्युजिक भिडियोका लागि थियो । बसन्त थापाको शब्द रचना र सुरेश अधिकारीको संगीततथा सुदीप शाहीको स्वर रहेको 'चोट लुकाईे  मुटुमा...' बोलको आधुनिक गीतमा नायिका पन्तलाई रिलिजको क्रममा रहेको फिल्म कलिउडका नायक बिष्णु कार्की र मोडल भानु शर्माले साथ दिएका हुन् ।
 

केहि फिल्म, म्युजिक भिडियो तथा सर्ट फिल्म निर्देशक गरिसकेका भबिन्द्र तामाङले उक्त म्युजिक भिडियोको निर्देशन गरेका हुन् भने छायाँकन रजिब पाख्रिनले गरेका हुन् । नायिका पन्तले बिदेशमा आएर म्युजिक भिडियोमा काम गर्न पाउँदा छुट्टै अनुभव र रमाईलो लागेको बताईन् । नायिका पन्त आफू अभिनित फिल्म किन लाग्छ माया प्रदर्शनका लागि १४ तारिखका दिन कतार आएकी हुन् । यो फिल्म १८ तारिख अर्थात भोली २ बजे दोहा सिनेमा हलमा लाग्दैछ ।