Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

बिदेशी भूमिमा पसिना बगाएर सामाजिक कार्य गर्दै

फिल्मीखबर, काठमाण्डौ, 2013/01/27

नेपालमा रहेका अनाथ असहाय बालबालिकाको सहयोगार्थ दोहा सिनेमा हल कतारमा नेपाली फिल्म "माई ब्रदर" प्रदर्शनमा आउने भएको छ । नेपाल र नेपालीहरुको हितको लागि बिदेशी भूमि कतारमा पसिना बगाएर सामाजिक कार्य गर्दै आएका आएका एक युवा समुहले अनाथ बाल बालिकाको सहयोगार्थ अगामी फेब्रुअरी १५ मा माइ ब्रदर प्रदर्शन गर्न थालेका हुन् ।

 

 

बाल मनोविज्ञानमा आधारित फिल्म "माई ब्रदर"ले अनाथ बालबालिकाको बिषयलाई मार्मिक ढंगले प्रस्तुत गरेकाले पनि सामाजिक कार्यमा फिल्म प्रदर्शन गर्न लागेको निर्देशक बिष्णु भट्टराईले जानकारी गराए । फिल्मको अहिले दोहामा युवाहरु तिब्र प्रचारप्रसारमा जुटेको समेत उनको भनाई छ । मोफसलमा दर्शकको राम्रो साथ पाएको "माई ब्रदर"मा सुमिना घिमिरे, लक्की दीपक, रमेश बुढाथोकी, बिमला गिरी, अन्जु थापा र बालकलाकार अनिष कंडेलकोको भूमिका रहेको छ ।

 

अबिरल फिल्मसको व्यानरमा मैना भण्डारी, सरु भट्टराईको निर्माण रहेको फिल्ममा बिरेन्द्र भट्टको छायाँकन, अष्ट महर्जनको द्धन्द, तारा प्रकाश लिम्बु, बिपिन आचार्य र तिलकको संगीत तथा कविराज गहतराजको करियोग्राफी रहेको छ ।