अष्ट्रेलियाको सिड्नीमा शनिबार फिल्म रिदमको प्रिमियर सम्पन्न भयो । फिल्मको प्रिमियरमा नायक जीवन लुईटेलको साथमा हाल अष्ट्रेलियामा सुटिङ भईरहेको फिल्म 'ऋतु' को युनिट पनि सहभागी भयो ।
फिल्मको सुटिङ रोकेर नायक राजबल्लभ कोईरालाको साथमा नायिकाद्धय मलिना जोशी र रीमा बिश्वकर्मा सहितको टिम उपस्थिती थियो । आफ्नै सहकर्मी साथीको फिल्म हेरे पश्चात राजले जीवनलाई बधाई दिंदै फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । यस्तै नायिकाद्धयले पनि फिल्म राम्रो बनेको बताए । यता प्रिमियरको आयोजक +977 का प्रमुख कुशल केसीले सबैले फिल्म रूचाएको बताए ।
उपस्थित दर्शकहरूले पनि साँच्चिकै नेपाली फिल्म हेर्न पाएकोमा गर्वको महसुस गरेको बताए । दर्शकहरूको एउटै स्वर थियो- 'वर्तमान राजनैतिक अवस्थालाई घोचपेच गर्दै निर्माण गरेको यो फिल्म हेरेर नेपाली हुनुको गर्व गरेका छौं ।' यसअघि नै आफ्नै फिल्म नाइ नभन्नु ल लिएर अष्ट्रेलिया पुगेका नायक लुईटेलले रिदम हेरे पश्चात दर्शकले देखाएको उत्साहले आफूलाई हौसला मिलेको बताए । उनले भने, 'दर्शकहरूले फिल्मलाई यसरी मन पराईदिनु भयो कि सँच्चिकै मैले राम्रो फिल्ममा काम गर्न पाएको महसुस गरें ।' जीवनले आफू अभिनित अर्को फिल्म मालतीको भट्टी पनि रिलिज गर्ने तयारी गरेको बताए ।
पारिवारिक प्रेमकथाको साथमा देशको माया र नेपाली हुनुको गौरवलाई देखाउन खोजिएको फिल्म रिदमलाई विकास आचार्यले निर्देशन गरेका हुन् । निर्देशक आचार्यकै लेखन रहेको यो फिल्ममा निर शाह, विल्सन विक्रम राई, स्वेता भट्टराई सहित डेब्यू गर्दै सोहित मानन्धर र निश्मा घिमिरेको साथमा बालकलाकार अनुभव रेग्मीको मुख्य भुमिका रहेको छ । वान टाईम सिनेमा प्रालीको व्यानरमा प्रदीप दाहालले निर्माण गरेको फिल्मलाई नेपालमा फाल्गुन २५ गते नेपालभर एकसाथ प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।
.jpg)

.jpg)
.jpg)

