यो साथको यात्रा सधैभरी यस्तै रहोस यहि कामना तर के गर्नु ग्ल्यामर यो गसिपको दुनिया कहिले के हुन्छ पत्तो हुँदैन । भला लेख्नु नपरोस् अन्य केही सेलिब्रेटीको जस्तो ब्रेकअपको खबर हामी त यहि भन्न सक्छौ ।
ईन्डष्ट्रीको नयाँ जोडी विक्की मल्ल र सुरभी विष्टको गसिपले फिल्मी मार्केट यसरी तताएको छ कि जुन सुकै बेला यो जोडीले आफ्नो सम्बन्धलाई बैधानिकता दिन पछि नपार्लान् भन्ने पनि छ । अभिनेत्री मौसमी मल्ल पुत्र विक्की र सुरभीले जव समय भन्ने फिल्म खेले त्यो समय देखि यि दुईको अफएयरको प्रसङ्ग बाहिरिएको थियो । उनीहरु विभिन्न कार्यक्रम देखि लिएर यो आन्दोलनमा पनि संगै देखिरहेका छन् । जुन देखाईसंगैको उनीहरुको निकटताको दुरीको सिमाहरु नदेखिएपछि निकटताको यो दालमा केही कालो मिसिएको छ कि भन्ने पनि छ ।

तर यो बिषयमाथि प्रश्न गर्दा विक्की दोधारे जवाफ दिन्छन् भने सुरभीले हल्लाको पछि नदौडिन आग्रह गर्छिन् । रिले अनसनको ११औँ दिन आज यो जोडी पुनः संगै उत्रिएपछि उनीहरुको निकटामाथि थप गसिप भएको हो । अनसन स्थल चलचित्र विकास बोर्डमा पनि अधिकाश फिल्मकर्मीले यो जोडीलाई जिस्काएको पनि देखियो । आजको रिले अनसनमा विक्की र सुरभी सहित समुना केसी, मोनिका दाहाल, दिब्य राज सुबेदी र बसन्त अधिकारी छन् ।
.jpg)

