बर्ष ७० कमेडी फिल्महरुको बर्ष हुने छ भन्ने फिल्मीखबरको पूर्व घोषित न्यूज अनुसार यो लहरमा छवि ओझा पनि देखिएका छन् । छविले आउदो १६ गते देखि लोफर टाईटलमा एक्सन कमेडी फिल्मलाई निर्माण गर्दैछन् । जसका लागि चार बर्ष पश्चात आर्यन सिग्देल उनको ब्यानरमा कमब्याक हुन राजी पनि भएका छन् ।
आर्यन सहित यो फिल्मको लिड रोलमा दयाहाङ राई, सुशिल पाण्डे र धन्दा फिल्मका मामा कमलमणी नेपाल देखिनेछन् । यस्तै यो फिल्ममा नयाँ अनुहार चाहि अनुपम शर्मा, सागर लम्साल र रजनी केसी देखिने छविले बताएका छन् । 'समिक्षकहरुले नयाँ धार र पुरानो धार भनेर छुट्टाईरहेका बेला मैले यो पटक दुवै धारलाई समेट्ने गरी फिल्म बनाउदैछु,' छविले भनेका छन् । नम्बर वान प्रोड्यूसरको ट्याग भिरे पनि उनको फिल्म उच्चकोटीका मल्टिप्लेक्समा लाग्ने गरेको छैन । तर लोफर सम्पूर्ण हलहरुमा रिलिज हुने शैलीले निर्माण गर्न लागेको छविको दाबी छ ।
Click Here for more story : २०७० कमेडी फिल्मको बर्ष हुने संकेत

