'तपाईं हराउनु चाहिं भएको रहेनछ,' मेरो मनको साथी प्रिमियर मोहोलमा सोझो हिरोको रुपमा चिनिने आयुष रिजाललाई देखेपछि उपस्थित फिल्मकर्मीहरुले उनीसंग कुरा गर्दै थिए ।
करिब ४ महिना यता कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएका आयुष एक्कासी देखिएपछि उनलाई हाई हेल्लो गर्न फुर्सद थिएन । 'म कतै हराएको हैन बरु भोजपुरी फिल्महरुमा अलिअलि काम गरिरहेको हुनाले यता नदेख्नु भा'को हो,' आयुषले प्रतिक्रिया दिए । मेरो मनको साथीमा उनी समाज सेवी डन राजेश हमालको धर्मपुत्रको भूमिकामा छन् ।
पछिल्लो बर्ष मेन स्ट्रिमबाट हराएको जस्तो भएका आयुष यो बर्ष राम्रो तरिकाले दर्शमाझ पुनः देखिने तर्क गर्छन् । 'यस पटक मेरो ठूलो फिल्म च्यालेन्ज पनि रिलिज हुँदैछ त्यसकारण म हराउने छैन बरु राम्रैसंग मेरो कमब्याक भएको तपाईंहरुले देख्नुहुनेछ,' आयुषले भने । च्यालेन्ज बाहेक उनको यो बर्ष साना बजेटका केही फिल्महरु पनि रिलिज हुनेछ । आयुष रेखा फिल्म्सको व्यानरमा बनेको हिफाजत फिल्म मार्फत रजतपटमा छिरेका हुन् ।

