Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

`हँसिया` बनाउन मिलनले ल्याए रेड क्यामेरा

फिल्मीखबर, काठमाण्डौ, 2013/04/24

संख्यात्मक हिसाबले होस् या गुणात्मक हिसाबले १०० वटा भन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका मिलन चाम्स अब फिल्म 'हँसिया' मार्फत निर्देशनमा डेब्यू गर्दैछन् । फिल्म सुटिङ अगावै प्रोमो रिलिज गरेर एक किसिमको छाप छोडिसकेका मिलनले केहि महिना भित्रमा नै सुटिङ शुरू गर्ने बताए ।

 

फिल्म 'हँसिया' खिच्नकै लागि लण्डनबाट रेड डिजिटल सिने क्यामेरा सहित पोष्टप्रोडक्सनका सम्पूर्ण उपकरण भित्र्याएका मिलनले 'हँसिया' निर्माणमा निकै ठूलो कसरत गरिरहेको बताए । निर्देशन बाहेक क्यामेरा र सम्पादनमा राम्रो ज्ञान भएकाले पनि मिलनले आफ्नै लगानीमा क्यामेरा सहित पोष्टप्रोडक्सनको काम पनि शुरू गर्न लागेको बताए । 'अबको एक साता भित्रमा पोष्टप्रोडक्सनका लागि स्टुडियो तयार हुन्छ,' मिलनले भने ।

 

साधारणतया स्क्रिप्ट तयार भएपछि कलाकार छनोट गर्ने परम्परा रहेको यो फिल्म उधोगमा मिलनले भने कलाकार छनोट गरेर स्क्रिप्ट तयार पारेको बताए । 'हेमा श्रेष्ठ तेक्वान्दोको खेलाडी हुन् र उनी राम्रो कलाकार पनि हुन् । त्यसैले उनकै लागि मैले एक्सन फिल्मको स्क्रिप्ट तयार पारेको छु,' मिलनले भने- 'यहि फिल्मका लाहि हेमाले ५ महिना देखि द्धन्दनिर्देशक राजकुमार उप्रेतीसँग फाईटको ट्रेनिङ लिईरहेकी छिन् ।' थुप्रै म्युजिक भिडियो तथा विज्ञापनमा काम गरिसकेकी हेमाले यहि फिल्म मार्फत नायिकाको रूपमा डेब्यू गर्दैछिन् ।

 

 

फिल्मको सुटिङ अगावै प्रोमो सार्वजनिक गर्नुको कारण खोल्दै मिलन भन्छन्- 'पब्लिसिटीको लागि यो एउटा नयाँ प्रयोग हो । साथै प्रतिक्रिया लिनको लागि पनि मैले प्रोमोको लागि मात्र सुटिङ गरेको हुँ ।' पूर्णरूपमा एक्सन फिल्म 'हँसिया'मा नौला नौला एक्सनका सिन दर्शकले हेर्न पाउने मिलनको दाबि छ । सुटिङ अगावै १० लाख खर्च गरिसकेको बताउने मिलनले यो फिल्मको बजेट करिब ९० लाख रूपैंयाको हुने बताए ।

 

चाम्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको 'हँसिया'मा कल्याण सिंहको संगीत, अनुप सापकोटाको कथा, हरि हुमागाईंको छायाँकन, नितीन चन्दको सम्पादन रहने छ भने निर्माण गीतकार दुर्गा घलेले गर्नेछन् । यस्तै कार्यकारी निर्माताको रूपमा सोम श्रेष्ठ र जीतेन्द्र चेम्जोङ रहनेछन् ।