Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

साँघुरो सर्दा डाईरेक्टर प्रति डिष्ट्रीब्यूटरको आक्रोश

फिल्मीखबर, काठमाण्डौ, 2013/04/23

'फिल्म मेकिङलाई सामान्य ठान्ने हुँदा हामी जस्ता डिष्ट्रीब्यूटरले अनावश्यक तनाव भोग्नु परिरहेको छ,' साँघुरोको रिलिज डेट अकस्मात सरेपछि डिष्ट्रीब्यूटर नरेन्द्र महर्जनले आक्रोससंगै आफ्नो पिढा पोखेका छन् ।

 

पर्सी शुक्रबार देखि रिलिज हुने तयारीमा रहेका साँघुरोका मेकरहरुले टेक्निकल कारण जनाउदै रिलिज क्यान्सिल गर्नुपर्ने बताएपछि डिष्ट्रीब्यूटर महर्जन आगो भएका हुन् । 'यस्तो ताल मेरै फिल्म छड्केको हकमा पनि डाईरेक्टरले देखाएका थिए जुन ताल नयाँ निर्देशकहरुमा ज्यादा देखिएको छ आजकाल,' उनले भनेका छन् ।

 

नरेन्द्रले रिलिज डेट फिक्स भईसक्दा डिष्ट्रीब्यूटरले फिल्म हेर्न नपाउनु, पोष्टको काम नसकि पब्लीसिटी गर्न हातार गर्ने चलनले पनि राम्रो फिल्म लाष्ट आवरमा नराम्रा भएर निस्किरहेका तर्क गरेका छन् । उनले सवैभन्दा ठूलो गल्ती फिल्म तयार नभई रिलिज डेट घोषणा गर्नु रहेको औलाए । 'पहिले काम सक्ने अनि रिलिज डेट घोषणा गर्दा कसैलाई  तनाव हुँदैन थियो पब्लीसिटीमा पनि खुलेर हिड्ने मौका पाईन्थ्यो,' उनले अन्य मेकरहरुलाई सुझाव पनि दिए ।


जोएस पाण्डेको निर्देशनमा तयार साँघुरो अब बैशाख २७ मा रिलिज हुनेछ जसको डेट मिलाउन आफूलाई पापड पेले सरह भएको नरेन्द्रको गुनासो छ । यता निर्देशक पाण्डेले भने फिल्मको काम सकिसकेको तर पब्लिसिटी कम भएकाले सार्नु परेको बताए । यस्तै उनले नेपाल बाहिरको बजारमा पनि फिल्मलाई एकसाथ रिलिज गर्ने तयारी भईरहेको हुनाले सार्नु परेको उनको तर्क छ ।

 

हल नपाएर सारेको भन्ने हल्लाको खण्डन गर्दै निर्देशक पाण्डेले भने- 'हल नपाएर सारेको हैन । फिल्मको बारेमा दर्शकमाझ अझै राम्रोसँग म्यासेज जान नसकेको फिल्म भयो र नयाँ पब्लिसिटी क्याम्पियनको योजना निकालेर फिल्मको रिलिज सारेका हौं ।' यौन मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको यो फिल्ममा दयाहाङ राई, दीया मास्के, अरूणा कार्कीको साथमा नवप्रस्तुतीको रूपमा शुशांक मैनालीले अभिनय गरेका छन् । सेन्सर बोर्डले यो फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ ।