Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकार प्रमुखसँगै बाग्मती सरसफाईमा कलाकार

फिल्मीखबर, काठमाण्डौ, 2013/05/19

यसकारण पनि कलाकारहरुले निराश हुनु पर्दैन किनकी उनीहरुका नेताले हरेक हप्ता  प्रशंशा योग्य कार्य गर्न कन्जुस्याई गरेका छैनन् । हिजो आनसँग मैत्रीपूर्ण फुटबल गेम गराएर फिल्मी माहोल गर्माएका लिडर नवल खड्काले आज सरकारसँग मिलेर दुई किलोमिटर बाग्मतीको दुरीलाई सफाई गर्ने आँट देखाए ।

 
बाग्मती सरसफाई अभियानमा मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी सहित सरकारी कर्मचारीहरु नेपाली सेना र प्रहरीहरुको समेत उल्लेख्नीय सहभागिता थियो । बाग्मती सफाई गर्न महानायक राजेश हमाल खोला भित्र प्रवेश गरेका थिए । डोको बोकेर निकै बेर फोहर उठाएका हमालले आउँदा दिनमा बाग्मतीमा फोहर नफाल्न अपिल पनि गरे ।
 
बाग्मती सफाईका लागि भारतबाट ल्याईएका स्वयम सेवक सहित स्थानिय स्तरका विभिन्न निकायबाट बाग्मती सफा गर्नेको भिड गुहेश्वरी परिसर हुँदै पाशुपत क्षेत्र र सिनामंगल सम्म झण्डै तीन घण्टा देखियो । 
 
वाग्मती सफा गर्न नायिकाहरू सुमिना घिमिरे, पूजना प्रधान, गरिमा पन्त, अशिष्मा नकर्मी, सौजन्य सुब्बा सहित कलाकार लक्ष्मी गिरी, आकाश खवास, निर्देशक रमेश बुढाथोकी लगायतका कलाकारहरूको साथमा पूर्व मिस नेपाल उषा खड्गीको पनि सहभागीता थियो ।