Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

ठीक दुई महिनामा अर्जुन कार्की सगरमाथाको टुप्पोमा

फिल्मीखबर, काठमाण्डौ, 2013/05/20

सम्पूर्ण फिल्मकर्मीहरुलाई खुशीको खबर । हिरो अर्जुन कार्की सर्वोच्च शिखर सगरमाथा चढ्न सफल भएका छन् । उनी हिजो आईतवार बिहान ७ देखि ११ बजेको बिचमा  सगरमाथाको शिखरमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठको भनाई छ । 

 
गत चैत्र ५ गते आरध्यदेव पशुपतिनाथको जल लिएर सगरमाथा यात्रामा निस्किएका अर्जुनले ठीक दुई महिनामा यो यात्रा सफल गरेका हुन् । उनी सहित क रिब १ सय ४१ जनाले दक्षिण पूर्वी मोहोडा (नेपाली भेगबाट) आईतबार सगरमाथाको शिखरमा पाईला टेकेका छन् । कार्की सेभेन समिट्स आरोहण दलको सहयोगीका रूपमा गएका थिए । 
 
यसैगरी हिरोइन निशा अधिकारी पनि आजै सगरमाथाको शिखरमा पुगिसक्ने जानकारी प्राप्त भएको छ । निशा चाहि हिजो सम्म तेस्रो आधार शिविर पुगिसकेकी छिन् ।