Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्लेशाको नयाँ स्किम : पोष्ट सहित क्यामेरा फ्री !

फिल्मीखबर, काठमाण्डौ, 2013/05/20

विश्वमा प्रविधिले फड्को मारिरहेका बेला नेपालले पनि प्रबिधीको विकासलाई पछ्याई रहेको छ । सेलुलोईडबाट अहिले नेपाली फिल्म पूर्ण रूपमा डिजिटल भएको छ । त्यसमा पनि अत्याधुनिक क्वालिटीका डिजिटल क्यामेरा नेपालमा भित्रिरहेका छन् ।

 
अहिले नेपालमा 'अस्लेशा इन्टरटेन्मेन्ट' प्रबिधिको हिसाबले एक कदम अगाडी देखिएको छ । निर्देशक दिपेन्द्र के. खनालसँगको सहकार्यमा नेपालमा पहिलो पटक थ्रीडी क्यामेरा भित्र्याएको अस्लेशाले एक महिना अगाडी मात्र 'रेड इपिक' ल्याएको छ । २ वटा रेड फोरके क्यामेरा, एक-एक वटा सोनीको पिएमडब्लू थ्री फिप्टी र ग्रोपो थ्री क्यामेरा उपलब्ध गराउँदै आएको अस्लेशाले नेपालमा पहिलो पटक रेड फाइभके ल्याएको बताएको छ ।
 
 
'गुणस्तरको हिसाबले नेपाली फिल्मलाई माथी उकास्न रेड इपिक ल्याएका हौं,' अस्लेशाका सञ्चालक विश्व गौचनले भने- 'नेपाली फिल्म बिस्तारै अन्तराष्ट्रिय बजारमा गईरहेकाले पनि फिल्ममा गुणस्तरियता ल्याउन हामीले प्रबिधिको विकासलाई पच्छ्याएका हौं ।' अहिले यो रेड इपिक भाष्कर ढुंगाना निर्देशित फिल्म 'सुन्तली'मा प्रयोग गरिएको छ । 'नेपालमा मात्र हैन भोजपुरी र हिन्दी फिल्म खिच्नका लागि भारतबाट पनि डिमाण्ड आएको छ,' गौचनले भने ।
 
अस्लेशामा अहिले २२ वटा फिल्टर र १४ वटा लेन्स सहितको फिल्म खिच्न प्रयोग हुने सम्पूर्ण सामाग्री उपलब्ध छ । 'हामीसँग फिल्म नै खिच्न प्रयोग हुने उच्च क्वालिटीका लेन्स छन्,' छोटो समयमा नै फिल्मकर्मीको मन जित्न सफल गौचन भन्छन्- 'क्यामेराको एसोसिरिज र पोष्टप्रोडक्सनको काममा हामी कमजोर हुन चाहँदैनौं ।' 
 
 
गौचनले राम्रो फिल्म बनाउन चाहने फिल्मकर्मीहरूलाई बिशेष सुबिधा पनि दिने घोषणा गरेका छन् । अर्न्तराष्ट्रिय स्तरको फिल्म फेस्टिभलमा जान सक्ने खालका फिल्म मेकरहरूलाई उनले बर्षमा एउटा फिल्म निर्माणका लागि फ्रीमा क्यामेरा र पोष्टको काम दिने बताए । 'राम्रो काम गर्न चाहनेलाई प्रोत्साहन होस् भनेर यस्तो योजना ल्याएका हौं,' विश्वको भनाई छ । अहिले दुई वटा स्क्रिप्ट हेरिरहेको र ति मध्ये एउटालाई यो स्किम दिने उनले बताए ।
 
माईलो दाजु ओमकार गौचन अमेरिकामा रहेर फोटोग्राफी गरिरहेको र क्यामेराको राम्रो ज्ञान भएकोले आफूलाई काम गर्न सजिलो भएको बिश्व बताउँछन् । 'कुनै निर्णय गर्नुपर्यो भने दाईसँग नै सल्लाह गर्छु किनकी उहाँमा क्यामेराको राम्रो ज्ञान छ ।' ओमकारले अमेरिकामा अंग्रेजी, हिन्दी फिल्म खिचेका छन् भने नेपालबाट गएका फिल्म मेकरहरूलाई पनि सहयोग गर्दै आएका छन् ।