गेम सुरु भएको दश मिनेट पश्चात महानायक राजेश हमाल फिल्डमा उत्रिएपछि कलाकार संघलाई गेम जित्न हम्मे हम्मे परेको थियो जुन यात्रा सेकेण्ड हाल्फमा दोब्बर हुँदा कलाकार संघको हार भयो ।
विज्ञापन संघ (आन) संगको दुई गोल अन्र्तरले हार ब्यहोरेको संघले गेमलाई हारको रुममा नलिएपनि दशरथ रंगशालामा केही बेर एक अर्का विरुद्ध हुटिङ नै चलेको थियो । जव महानायक गेम सुरु भएको दश मिनेट पछि फिल्डमा उत्रिए तब आनको तर्फबाट महेश स्वारले दुई गोल हान्दिएपछि खेल हेर्न लायक बनेको थियो । कलाकार संघको तर्फबाट चाहि फष्ट हाल्फमै आकाश बाबुले लगातार दुई गोल हान्दिएपछि गेम थप हेर्न लायक बनेको थियो ।
सेकेण्ड हाल्फमा चाहि आनकै तर्फबाट अनुप खड्का र शंकर ब्यञ्जकारले एक-एक गोल हान्दिए पछि २–४ अन्र्तरको फरकले गेमको रिजल्ट आनको पोल्टोमा परेको हो । गेम सुरु अघि महानायकले आफू अनाडी खेलाडी रहेको मिडियालाई प्रतिक्रिया दिएका थिए । कलेज पढ्ने समयमा आफू टेनिसको राम्रो खेलाडी रहेको प्रतिक्रिया दिदै महानायकले फुटबल सौखको रुपमा मात्र रहेको बताए । यध्यपी पूरुषले जीवनको कुनै एक काल खण्डमा फुटबल अवश्य खेलेको हुन्छ भन्ने प्रतिक्रिया दिदै उनले मैदान टेक्दा विपक्षीको लगातार दुई गोलले कलाकार संघको हारको संकेत देखिएको थियो ।

महानाकलाई जुत्ता पनि ठिक भएन अनि कट्टु पनि
घुडा दुख्ने समस्याले ग्रसित बनेका महानायकलाई फिल्डमा उत्रिने बेला भने जुत्ता र कट्टुको समस्या भयो । ठूलो कदका उनलाई ल्याईएका कुनैपनि जुत्ता ठिक नभएपछि जुन जुत्तामा स्टेडियम आएका थिए त्यहि जुत्तामा उनी मैदान प्रवेश गरेका थिए । जर्शीको कट्टुअत्यन्त छोटो भएपछि उनले मैदानमा खुलेर आफ्नो जादु देखाउन सकेनन् । उनी सहित शिव श्रेष्ठ, हरिबंश अचार्य, दीपकराज गिरी पनि जति स्क्रिनमा अब्बल देखिन्थे त्यति फुटबल मैदानमा देखिन सकेनन् ।

