Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मुम्बईमा रोकिइन् पूजना

फिल्मीखबर, काठमाण्डौ, 2013/09/22

अभिनेत्री पूजना स्त्री मुम्बईमा अड्किएकी छिन् । नेपाल ल्यान्ड हुने प्लेनको टिकट प्याक भएपछि आफु मुम्बइमै रोकिनु परेको पूजनाले बताइन् ।

 

फेसबुक कुराकानीमा पूजनाले सन्देश व्यक्त गरिन्- 'एक महिनाको कार्यक्रम पाँच दिन अगाडी सकिएको छ । दशैं अगाडी नेपाल आउने टिकट पाउन कठिन रहेछ ।' पूजना सहित अन्य साँस्कृतिक टोली पनि टिकट नपाएपछि मुम्बइमा रोकिएको छ । चकलेट नामक फिल्म निर्माण गर्ने तयारीमा रहेकी पूजनाले थपिन्- 'हामी प्लेनको पखाईमा छौं ।'

 

पूजनाको चकलेटलाई निर्मला शर्मा 'गैडा'ले निर्देशन गर्दैछन् । फिल्मकी मुख्य हिरोइन उनी नै हुन् । भित्री वस्त्र देखिने गरी पूजनाले मुम्बइमा प्रस्तुत गरेको तस्बिर केही समय अघि सामाजिक सञ्जालमा हिट भएको थियो ।